तनहुँमा १३ वर्षीया बालिका बेपत्ता « Khabarhub

तनहुँमा १३ वर्षीया बालिका बेपत्ता


२३ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ – जिल्लाको ऋषिङ गाउँपालिका–४ भिरकोटबाट एक बालिका बेपत्ता भएकी छन् ।

सदरमुकाम दमौली जान भनी हिँडेकी ऋषिङ–४ भिरकोट निवासी खुमबहादुर परियारकी १३ वर्षीया छोरी बन्दना मङ्गलबारदेखि बेपत्ता छिन्।

बन्दना बीच बाटोबाटै हराएकी स्थानीय तीर्थ बर्देवाले जानकारी दिए । उनी स्थानीय बाल विकास केन्द्र माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत थिइन् ।

ऋषिङ गाउँपालिका–१ गैह्राखुदीबाट छोरी बेपत्ता भएको भन्दै मङ्गलबार बालिकाका बुवाले जिल्ला प्रहरी कार्यालयमा खोजतलासका लागि जाहेरी दिएका छन् । उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रकाशित मिति : २३ चैत्र २०७८, बुधबार  ९ : ०१ बजे

ड्रोनको भग्नावशेष लागेर साउदी अरबमा नेपालीको मृत्यु भएकोमा सरकारद्वारा दुःख व्यक्त

काठमाडौं- सरकारले साउदी अरबको सयबाह क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लागेर

एनपीएलको टिकट मूल्य सार्वजनिक

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर

साउदी रक्षा मन्त्रालय, फहद र आब्हा विमानस्थल तथा आरामको तेल केन्द्रमा हमला गरेको हुथीको दाबी

काठमाडौं- यमनको विद्रोही समूह हुथीले साउदी अरेबियाका विभिन्न सामरिक महत्वका

सामाजिक सञ्जालबाटै करोडौँ आम्दानी

अर्घाखाँची- सामाजिक सञ्जाललाई लिएर समाजमा एउटा धारणा अझै बलियो छ,

डण्डा दुर्घटना : मृतकका परिवारद्वारा निष्पक्ष अनुसन्धानको माग

कावासोती- नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को कावासोती नगरपालिका-१६ डण्डामा कारको