ललितपुरमा शुक्रबारदेखि टाइफाइडविरुद्धको खोप दिइँदै « Khabarhub

ललितपुरमा शुक्रबारदेखि टाइफाइडविरुद्धको खोप दिइँदै


२३ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर – स्वास्थ्य कार्यालय ललितपुरले ५७ लाख खर्च गरेर जिल्लाभर टाइफाइडविरुद्धको खोप लगाउने भएको छ । जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख सतिस विष्टका अनुसार जिल्लाका ६ वटै स्थानीय तहमा चैत २५ देखि वैशाख ८ गतेसम्म खोप कार्यक्रम सञ्चालन हुनेछ ।

उनले भने, ‘खोप अभियानका लागि हामीले पाएको बजेट ५७ हजार हो । यो बजेट सबै खर्च हुन पनि सक्छ । नहुन पनि सक्छ ।’

सरकारको १५ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई लक्षित गरी उक्त खोप कार्यक्रम अनुसार ललितपुरमा पनि यो खोप अभियान सुरु गर्न लागेको हो ।

स्वास्थ्य कार्यालय प्रमुख विष्टका अनुसार ललितपुर महानगर, महालक्ष्मी र गोदावरी नगरपालिकामा चैत २५ गतेदेखि चैत ३० गतेसम्म र कोन्ज्योसोम, बागमती र महांकाल गाउँपालिकामा वैशाख ४ गतेदेखि वैशाख ८ गतेसम्म खोप अभियान सञ्चालन गरिनेछ ।

उनका अनुसार वालवालिकाहरुलाई खोप दिनका लागि अभिभावक उपस्थित हुनु पर्ने वा लिखित सहमति आवश्यक पर्ने बताए । धेरै बालबालिका विद्यार्थी रहेकाले विद्यालयहरुमा खोप केन्द्र सञ्चालन हुनेछन् ।

विद्यालय नजाने सम्भावित ठाउँमा पालिकाहरुको समन्वयमा छुट्टै खोप केन्द्र समेत सञ्चालन गरिने विष्टले बताए । उनले भने, ‘इटाभट्टा र गलैँचा, कपडा कारखानालगायत विभिन्न ठाउँबाट आएर श्रम गरिरहेका ठाउँलाई लक्षित गरेर खोप अभियान सञ्चालन हुनेछ ।’

देशभर ७५ लाख बालबालिकालाई खोप दिइने लक्ष्यका साथ सुरु हुने अभियानमा ललितपुरमा भने १ लाख ३१ हजार बालबालिकालाई खोप लगाउने लक्ष्य रहेको विष्टले बताए । उनले भने, हामी ९५ प्रतिशतलाई खोप दिन्छौं ।’

अभियानका लागि जिल्लामा २ सय ४० जना स्वास्थ्यकर्मी र १ हजार ४ सय स्वास्थ्य स्वयंसेविकालाई तालिम दिइएको छ  भने विद्यालयका शिक्षिकालाई समेत खोप अभियानमा समावेश गरिने कार्यक्रम छ । विष्टले खोप लगाएपछि साइड इफेक्ट समेत हुनसक्ने अवस्थालाई मध्यनजर गरेर स्वास्थ्यकर्मीको छुट्टै व्यवस्था गरिएको छ ।

जिल्ला स्तरीय खोप समन्वय समितिका सदस्यसचिव पार्थमणि न्यौपानेले यसअघि पाटन अस्पतालमा यो खोप लगाइसकेकाले खोप लगाउनु नपर्ने बताए । उनले भने, ‘अन्य ठाँउबाट लगाएको भए अनिवार्य लगाउनुपर्छ ।’

विश्व स्वास्थ्य संगठनले टाइफाइडविरुद्धको खोपलाई नेपालसहित सबै टाइफाइड प्रभावित देशमा प्रयोगका लागि सिफारिस गरेको छ । यो खोप अभियानसँगै टाइफाइड खोपको अभियान शुरुवात गर्ने नेपाल दक्षिण एसियामै पहिलो देश रहेको उनले बताए ।

प्रकाशित मिति : २३ चैत्र २०७८, बुधबार  ८ : ५२ बजे

बङ्गलादेशमा इन्धन अभावले पम्पमा घण्टौँ कुर्नुपर्ने बाध्यता

ढाका– इन्धन आयातमा निर्भर बङ्गलादेशमा इन्धनको सीमित ढुवानी हुँदा देखिएको

गतिशील सहकारीका अध्यक्ष पाठकविरुद्ध सात दिन म्याद थप

काठमाडौं– बचतकर्ताको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका गतिशील सहकारीका

सर्वोच्चद्वारा रविविरुद्धको रिट दर्ता गर्न अस्वीकार

काठमाडौं- सर्वोच्च अदालतले रवि लामिछानेविरुद्ध पेस गरेको रिट निवेदन दर्ता

गृहमन्त्रीबारे अध्ययन गरिरहेका छौँ, अहिलेसम्म स्पष्टीकरण सोधिएको छैन : भूपदेव शाह

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री भूपदेव शाहले गृहमन्त्री सुधन गुरूङको