लमजुङमा थपिए १७ मतदान केन्द्र « Khabarhub

लमजुङमा थपिए १७ मतदान केन्द्र


२३ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ – लमजुङमा १७ वटा मतदान केन्द्र थपिएका छन् । निर्वाचन आयोगले जारी गरेको मतदाता एवं मतदानस्थल विवरणअनुसार जिल्लामा साविककै मतदान स्थलमा थप १७ वटा मतदान केन्द्र कायम भएको हो ।

सरकारले आगामी ३० वैशाख स्थानीय तह निर्वाचन घोषणा गरेसँगै जिल्लाबाट एकसय २३ मतदानस्थल र एक सय ८७ मतदान केन्द्र पनि सिफारिस भएको थियो । मतदाता संख्याको आधारमा केन्द्र कायम हुनेगरी सिफारिस गरिए पनि निर्वाचन आयोगले भने १ सय ८२ मतदान केन्द्र कायम गरी पठाएको निर्वाचन कार्यालय लमजुङकी प्रमुख सिर्जना मिश्रले बताइन् ।

आगामी स्थानीय तह निर्वाचनका लागि विभिन्न स्थानीय तहमा गरी एकसय २३ मतदान स्थलमा एक सय ८२ मतदान केन्द्र कायम भएको हो । यसअघि २०७४ सालमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा जिल्लामा सोही मतदानस्थलमा १ सय ६५ मतदान केन्द्र कायम भएको थियो । सोही वर्ष भएको स्थानीय तह निर्वाचनमा भने १ सय २३ मतदान स्थलमा १ सय ५५ मतदान केन्द्र रहेका थिए ।

जिल्लामा कायम भएका मतदानस्थल र केन्द्रमध्ये सबैभन्दा धेरै बेसीसहरमा छन् । बेसीसहरमा मात्रै २१ मतदान स्थलमा ३५ मतदान केन्द्र कायम भएको छ । त्यसैगरी मर्स्याङदी गाउँपालिकामा भने २० वटा मतदानस्थलमा २४ वटा मतदान केन्द्र कायम भएको पाइएको छ ।

मध्यनेपाल नगरपालिकामा १८ वटा मतदानस्थलमा २६ वटा मतदान केन्द्र कायम भएको छ भने सुन्दरबजार नगरपालिकामा १६ वटा मतदानस्थलमा २९ वटा मतदान केन्द्र कायम भएको छ । त्यसैगरी जिल्लाको राईनास नगरपालिकाम १२ वटा मतदानस्थलमा २० वटा मतदान केन्द्र कायम भएको छ भने दूधपोखरी र क्होलासोँथार गाउँपालिकामा १०/१० वटा मतदानस्थल कायम भएका छन् ।

दूधपोखरीमा मतदान केन्द्र १२ वटा कायम भएको छ भने क्होलासोँथारमा १३ वटा मतदान केन्द्र कायम भएका छन् । दोर्दी गाउँपालिकामा भने १६ वटा मतदानस्थलमा २३ वटा मतदान केन्द्र कायम भएको निर्वाचन कार्यालय लमजुङले जनाएको छ।

प्रकाशित मिति : २३ चैत्र २०७८, बुधबार  ८ : ५७ बजे

मध्यपूर्व संकटको असर विश्वभर : तेल, सुरक्षा र पर्यटन जोखिममा

दुबई– मध्यपूर्वमा तीन हप्तादेखि चर्किँदै गएको द्वन्द्वले विश्व अर्थतन्त्र, सुरक्षा

दोब्बर गतिमा हिउँ गुमाउँदै हिमनदी

काठमाडौँ– जलवायु परिवर्तनले बढ्दो विश्वव्यापी तापक्रमका कारण हिन्दुकुश हिमालय (एचकेएच) क्षेत्रका

सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक अवरुद्ध

नवलपरासी– वर्षाका कारण सडक चिप्लो भएपछि सवारी पार हुन नसकेपछि

निर्वाचन सम्पन्न भएकोमा नेपाललाई चीनको बधाई

काठमाडौँ– चीन सरकारले नेपालमा सङ्घीय संसद् निर्वाचन सम्पन्न भएकोमा बधाई

ट्रम्पद्वारा इरानविरुद्धको सैन्य कारबाही घटाउने संकेत, तेलमाथिको प्रतिबन्धमा अस्थायी खुकुलोपन

काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान विरुद्ध जारी सैन्य अभियानलाई