पञ्चेश्वर र शिवनाथ गाउँपालिकाको भवन निर्माण « Khabarhub

पञ्चेश्वर र शिवनाथ गाउँपालिकाको भवन निर्माण


२३ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी – जिल्लाको दुर्गम तल्लोस्वराडका दुई गाउँपालिका पञ्चेश्वर र शिवनाथले आफ्नो भवन निर्माण गरेका छन् । पञ्चेश्वरले आमचोरामा र शिवनाथले सुल्लेखानमा भवन निर्माण गरेका हुन् ।

चार वर्षसम्म भाडाका घरमा सञ्चालन हुँदै आएका दुवै गाउँपालिकाको कामकाज प्रशासकीय भवन निर्माणपश्चात सहज भएको छ । भवन निर्माण भएपछि गाउँपालिकाले अब आफ्नै भवनबाट सेवा प्रदान गर्नेछ ।

पञ्चेश्वर गाउँपालिकाको १६ कोठे भवन महादेव कन्सट्रक्शनले करिब रु दुई करोडको लागतमा निर्माण गरेको हो । शिवनाथको पनि सोही परिमाणको लागतमा भवन निर्माण गरिएको हो । आर्थिक वर्ष २०७५-७६ को गाउँसभाबाट कार्यालय भवन निर्माणका लागि रु दुई करोड विनियोजन गरिएको थियो‍। विसं २०७६ मा ठेक्कामार्फत भवन निर्माण थालिएको हो ।

स्थानीय तहको निर्वाचनपछि गाउँपालिकाको आफ्नो भवन नहुँदा समस्या भइरहेकामा अब त्यो समस्या समाधान भएको पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले बताए। भवन निर्माणसँगै सेवा सुरु गरिएको शिवनाथ गाउँपालिकाकी उपाध्यक्ष कुश्मा चन्दले जानकारी दिइन् ।

भवन निर्माण गरी सञ्चालनमा आएपछि सेवाप्रवाहमा सहजता आएको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउदले बताए।

प्रकाशित मिति : २३ चैत्र २०७८, बुधबार  ११ : २० बजे

मुग्लिन-नारायणगढ सडकखण्डमा सुख्खा पहिरो: रातभर अवरुद्ध सडक खुल्यो

चितवन – नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोला नजिकै सुख्खा पहिरो खस्दा

महिला तथा सामाजिक मामिलासहित तीनवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका विभिन्न तीनवटा समितिका बैठक आज

पत्रकारलाई सामाजिक सुरक्षा कोष र बीमामा जोड्दै बागमती प्रदेश सरकार

बागमती– बागमती प्रदेश सरकारले प्रदेशभित्रका पत्रकारलाई सामाजिक सुरक्षा कोष र

प्रतिनिधिसभा बैठकमा बजेटबारे सम्बन्धित मन्त्रीले जवाफ दिने

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ ।

धौलागिरिका घुम्ती गोठ सङ्कटमा

म्याग्दी- उच्च पहाडी भूगोलमा अवस्थित म्याग्दीको धवलागिरी गाउँपालिकाका बासिन्दाको जीविकोपार्जनको