लमजुङमा १६ हजार मतदाता बढे « Khabarhub

लमजुङमा १६ हजार मतदाता बढे


२३ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ – लमजुङमा १६ हजार बढी नयाँ मतदाता थपिएका छन् । निर्वाचन आयोगले प्रकाशन गरेको मतदाताको अन्तिम नामावली विवरणअनुसार जिल्लामा १६ हजार ४५ जना नयाँ मतदाता थपिएका हुन् ।

०७४ सालमा भएको प्रदेश तथा प्रतिनिधिध सभा निर्वाचनमा जिल्लामा १ लाख १५ हजार चार सय ४९ जना मतदाता रहेका थिए । हाल निर्वाचन आयोगले सार्वजनिक गरेको विवरणअनुसार जिल्लामा १ लाख ३१ हजार चार सय ९४ जना मतदाता कायम भएको छ । यसअघि भएको स्थानीय तह निर्वाचनमा भने जिल्लामा १ लाख ५ हजार ९ सय ९२ मतदाता थिए ।

जिल्लाको विवरणअनुसार सबैभन्दा धेरै मतदाता सदरमुकामसमेत रहेको बेंसीसहर नगरपालिकामा छन् । बेंसीसहरमा मात्रै १२ हजार चार सय ९१ पुरुष र १३ हजार सातसय १६ महिला सहित २६ हजार दुई सय सात मतदाता कायम भएको पाइएको छ ।

त्यसैगरी जिल्लामा सबैभन्दा कम मतदाता दुधपोखरी गाउँपालिकामा रहेका छन् । दूधपोखरीमा ४ हजार ५ सय सात पुरुष र ४ हजार ३ सय ८१ महिला सहित आठहजार, आठसय ८८ मतदाता रहेका छन् ।

जिल्ला निर्वाचन कार्यालय लमजुङले पछिल्लो अद्यावधिकमा मात्रै ९ हजार ६ सय ३० मतदाताको नामावली निर्वाचन आयोगमा पठाएको थियो। सो बाहेक मतदाता नामावली अद्यावधिकका लागि दिएको समय सीमामा परेका निवेदन वा उजुरीको आधारमा जिल्लाबाट १ हजार ३ सय एक जनाको नाम हटाउनका लागि सिफारिस गरेको कार्यालयले जनाएको छ ।

यसअघिको निर्वाचन पश्चातको अवधीमा बसाइँसराइ वा विवाह भएर अन्यत्र गएका, दोहोरो नाम भएका र मृत्यु भएकाहरूको नामावली हटाउनको लागि आयोगमा सिफारिस भएको निर्वाचन कार्यालय लमजुङका सुचना अधिकारी जिवाखर शर्माले जानकारी दिए ।

प्रकाशित मिति : २३ चैत्र २०७८, बुधबार  ११ : ०० बजे

राष्ट्रसङ्घको मुख्यालयमा ‘सगरमाथादेखि समुद्रसम्म’ नामक कार्यक्रम आयोजना

काठमाडौं- जलवायु परिवर्तन विषयलाई विश्वसामु बलियो रूपमा उठाउन नेपालले संयुक्त

साउदी–पाकिस्तान–टर्कीबीच सैन्य क्षमता र सुरक्षा सहकार्य विस्तारमा जोड

एजेन्सी– साउदी अरब, पाकिस्तान र टर्कीएका सैन्य प्रमुखहरूले शुक्रबार रियादमा

तीन महिनामा मधेसबाट २७ करोडका सामान बरामद

काठमाडौं– पछिल्लो तीन महिनामा सशस्त्र प्रहरीले मधेस प्रदेशबाट झण्डै रु

चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा सतर्कता अपनाउन आग्रह

नारायणगढ – अविरल वर्षासँगै बाढी र डुबानको जोखिम बढेपछि चितवन

नारायणी नदी पसेपछि सुस्ताका स्थानीयलाई सुरक्षित स्थानमा सारिँदै

एजेन्सी– नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), १० असोजः पश्चिम नवलपरासीको सुस्ता