पर्सामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु  « Khabarhub

पर्सामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु 


२३ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पर्साको जिरा भवानी गाँउपालिका–१ गम्हरियामा मंगलबार साँझ मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकलमा पछाडि सवार अन्दाजी ४० वर्षीय हेमन्त दास रहेका छन् ।

दुर्घटनामा परी गम्भीर घाइते भएका दासको उपचारको क्रममा विरगंजस्थित एलएस न्युरो अस्पतालमा साँझ सवा ६ बजे मृत्यु भएको हो ।

मंगलबार साँझ ५ बजे उनी सवार रहेको भारतीय नम्बरको मोटरसाइकल नियन्त्रण गुमाएर पल्टिएको थियो । चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २३ चैत्र २०७८, बुधबार  ११ : ५३ बजे

आँखा उपचार केन्द्रलाई दुई करोड बढीको उपकरण हस्तान्तरण

सर्लाही– आँखा उपचार केन्द्र लालबन्दीलाई लायन्स क्लब इन्टरनेसनलले रु दुई

महोत्तरीमा दलभन्दा स्वतन्त्र उम्मेदवारको सङ्ख्या अधिक

महोत्तरी– प्रतिनिधिसभा सदस्य निर्वाचनमा जिल्लामा दलभन्दा स्वतन्त्र उम्मेदवारको सङ्ख्या अधिक

सालका रूखमा महामारी, ‘मथ’ पुतलीले पात सखाप

दाङ– दाङको तुलसीपुर उपमहानगरपालिका–३ स्थित नमूना महिला सामुदायिक वनमा सालका

१० वर्षको प्रतीक्षापछि आमाको नामबाट नागरिकता

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–७ का समिर खान र यास्मिन बेगमले

मुस्ताङमा ८० प्रतिशत निर्वाचन प्रहरी जिल्ला बाहिरका

मुस्ताङ– आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित