इन्टेलले पनि रुसमा व्यापार बन्द गर्ने « Khabarhub

इन्टेलले पनि रुसमा व्यापार बन्द गर्ने


२३ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कम्प्युटर कम्पोनेन्ट र इलेक्ट्रोनिक उपकरण निर्माता अमेरिकी कम्पनी इन्टेलले रुसमा आफ्ना सबै प्रकारका व्यापारिक गतिविधि बन्द गर्ने भएको छ ।

रुसले युक्रेनमाथि आक्रमण गरेयता विकसित घटनाक्रमलाई लिएर इन्टेलले यस्तो निर्णय गरेको जनाइएको छ । ‘तत्काल  हामीले रुसमा सबै व्यापार सञ्चालनहरू निलम्बित गरेका छौं’ कम्पनीले जनाएको छ।

‘हामी रुसमा रहेका हाम्रा १ हजार २ सय कर्मचारीहरू सहित हाम्रा सबै कर्मचारीहरूलाई यो कठिन परिस्थितिबाट सहयोग गर्न आग्रह गरिरहेका छौं । हामीले हाम्रा विश्वव्यापी सञ्चालनहरूमा अवरोध कम गर्न व्यापार निरन्तरताका उपायहरू पनि लागू गरेका छौं’ कम्पनीले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

युक्रेनमाथि गत फेब्रुअरी २४ मा आक्रमण गरेयता रुसमा एप्पल, सामसुङ, म्याकडोनल्ड्सजस्ता बहुराष्ट्रिय कम्पनीहरुले व्यापार बन्द गरेका छन् भने रुसले अमेरिका, ईयू, जापान सहित विश्वका आर्थिक महाशक्तिहरुबाट प्रतिबन्धको समेत सामना गरिरहेको छ ।

प्रकाशित मिति : २३ चैत्र २०७८, बुधबार  १२ : ३७ बजे

आँखा उपचार केन्द्रलाई दुई करोड बढीको उपकरण हस्तान्तरण

सर्लाही– आँखा उपचार केन्द्र लालबन्दीलाई लायन्स क्लब इन्टरनेसनलले रु दुई

महोत्तरीमा दलभन्दा स्वतन्त्र उम्मेदवारको सङ्ख्या अधिक

महोत्तरी– प्रतिनिधिसभा सदस्य निर्वाचनमा जिल्लामा दलभन्दा स्वतन्त्र उम्मेदवारको सङ्ख्या अधिक

सालका रूखमा महामारी, ‘मथ’ पुतलीले पात सखाप

दाङ– दाङको तुलसीपुर उपमहानगरपालिका–३ स्थित नमूना महिला सामुदायिक वनमा सालका

१० वर्षको प्रतीक्षापछि आमाको नामबाट नागरिकता

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–७ का समिर खान र यास्मिन बेगमले

मुस्ताङमा ८० प्रतिशत निर्वाचन प्रहरी जिल्ला बाहिरका

मुस्ताङ– आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित