निफ सम्पन्न, ‘महानगर’ को ह्याट्रिक  « Khabarhub

निफ सम्पन्न, ‘महानगर’ को ह्याट्रिक 


२३ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गत सोमबार सम्पन्न नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (निफ) मा मोहन राई निर्देशित फिल्म ‘महानगर’ ले ह्याट्रिक गरेको छ । 

फिल्मबाट निर्देशक मोहन राईले लेखन र निर्देशन विधाका दुई अवार्ड पाएका थिए भने फिल्मबाट मेनुका प्रधानले उत्कृष्ट अभिनेत्रीको अवार्ड जितिन् । नेसनल फिचर विधा तर्फ प्रतिस्पर्धी रहेको फिल्मले उत्कृष्ट फिल्मको पनि पुरस्कार हात पार्‍यो । 

फिचर फिल्म तर्फकै विधामा ‘चिसो एस्ट्रे’ ले दुई विधामा पुरस्कार जित्यो । फिल्मबाट दिव्य देवले अभिनेतामा र उज्जवल बस्ताकोटीले छायांकनमा पुरस्कार जित्न सफल भए । देशी विदेशी गरी विभिन्न १४ विधामा बाँडिएको महोत्सवमा डन किहोटे अवार्ड ‘साइलेन्स ट्री’ ले पायो । फैजल सयसलको निर्देशनमा बनेको फिल्मलाई जुरी मध्येका एक मञ्जु कुमार श्रेष्ठले विजेता घोषणा गरेका थिए ।  

नेसनल पानोरम अन्तर्गत सर्ट फिल्म तर्फको उत्कृष्ट निर्देशकको अवार्ड बच्चन व्यञ्जनकारले जिते भने फिल्म तर्फको अवार्ड ‘आइसक्रिम’ ले जित्यो । संगीता श्रेष्ठ निर्देशित फिल्मले यौन हिँसाको विषयलाई प्रस्तुत गरेको छ । 

कार्यक्रममा उत्कृष्ट अन्तर्राष्ट्रिय सर्ट फिल्मलाई दिइने बागमती अवार्ड भने ‘अल सिट’ ले पाएको छ । त्यस्तै, मन्जुश्री अवार्ड अन्तर्गतको उत्कृष्ट एनिमेडेट फिल्म अवार्ड साइमन फिलियोन, उत्कृष्ट डकुमेन्ट्रीको एके शेर्पा अवार्ड ‘गोर्खा गल्सर्’ का लागि विशाल रोका मगर र माउन्ट एभरेस्ट अवार्ड ‘आउट अफ थिन एयर’ ले पाएको छ । त्यस्तै उत्कृष्ट अन्तर्राष्ट्रिय फिचर फिल्मलाई दिइने गौतमबुद्ध अवार्ड ‘नो ग्राउन्ड विनिथ द फिट’ ले पाएको छ ।

प्रकाशित मिति : २३ चैत्र २०७८, बुधबार  १२ : २८ बजे

किताब बेचेरै महावीरले जम्मा गरे १२ करोड रूपैयाँ

पोखरा – नवनिर्वाचित सांसद महावीर पुनले आफ्नो पुस्तक बिक्रीबाट हालसम्म

लागत खर्च घटाएर कृषि उत्पादनमा लाग्नुपर्छ : मन्त्री परियार

कैलाली – कृषि तथा पशुपक्षी विकासमन्त्री डा मदनप्रसाद परियारले प्रविधिको

रुसी शहरहरूमा इन्टरनेट सेवामा अवरोध

मस्को – मस्को र अन्य रूसी शहरहरूमा आंशिकरूपमा नेटवर्क अवरोधहरू

७ महिनामा साढे १२ खर्ब रेमिट्यान्स, वैदेशिक मुद्रा सञ्चिति ३३ खर्ब नाघ्यो

काठमाडौं– चालु आर्थिक वर्षको पछिल्लो ७ महिनामा नेपालमा साढे १२

पश्चिम एसिया घटनाका कारण तत्कालै श्रमिक उद्धार गरिहाल्नुपर्ने अवस्था छैन : परराष्ट्रमन्त्री शर्मा

काठमाडौं– परराष्ट्रमन्त्री बालानन्द शर्माले पश्चिम एसियामा देखिएको तनावले खाडी मुलुकमा