राजपाक्षेका निकटस्थ भन्छन्- ‘राष्ट्रपतिले कुनै हालतमा राजीनामा दिनुहुन्न’ « Khabarhub

राजपाक्षेका निकटस्थ भन्छन्- ‘राष्ट्रपतिले कुनै हालतमा राजीनामा दिनुहुन्न’


२३ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– तीव्र जनअसन्तुष्टि एवम् हिंसात्मक प्रदर्शनको सामना गरिरहेका श्रीलंकाली राष्ट्रपति गोताबाया राजपाक्षेले कुनै हालतमा राजीनामा नदिने उनको निकटस्थले बताएका छन् ।

श्रीलंकाली संसद्मा सम्बोधन गर्दै सरकारका प्रमुख सचेतक जोन्स्टन फर्नाण्डोले राष्ट्रपतिले राजीनामा नदिने बताएका हुन् ।

उनले ६९ लाख जनताको मतबाट राष्ट्रपतिले जनादेश प्राप्त गरेको भन्दै राजीनामा नदिने अडान लिएको श्रीलंकाबाट प्रकाशित हुने अंग्रेजी अखबार डेली मिररको अनलाइन संस्करणले जनाएको छ ।

‘जिम्मेवार सरकारका नाताले राष्ट्रपति गोताबाया राजपाक्षेले कुनै हालतमा पनि राजीनामा दिनुहुनेछैन ।’ फर्नाण्डोलाई उद्धृत गर्दै डेली मिररले जनाएको छ ।

सरकारको समर्थन गर्ने ४१ जना सांसदले सत्तारुढ गठबन्धन परित्याग गरेपछि राजनीतिक संकट झेलिरहेका श्रीलंकाली राष्ट्रपति भने कुर्सी बचाउन लागि परेको भन्दै व्यापक जनआक्रोश बढ्दै गएको छ ।

चरम आर्थिक संकट तथा अत्यावश्यक वस्तुको अभाव खेपिरहेको श्रीलंकामा राष्ट्रपति तथा सरकारविरुद्ध व्यापक प्रदर्शन भइरहेको छ । 

प्रकाशित मिति : २३ चैत्र २०७८, बुधबार  १ : ५२ बजे

पार्टीभित्र देखिएको विभाजन र मतभेद लामो समय रहँदैन : मोहन बस्नेत

काठमाडौं– नेपाली कांग्रेसका नेता मोहन बस्नेतले पार्टीभित्र देखिएको विभाजन र

कालीगण्डकी बाढीले बागलुङ र पर्वत जोड्ने पुल क्षतिग्रस्त, आवतजावत ठप्प

बागलुङ– कालीगण्डकी नदीमा आएको भीषण बाढीले पर्वत र बाग्लुङ जोड्ने मालढुंगा

आईएमएफद्वारा ऋण ढाँचामा सुधारको प्रस्ताव

एजेन्सी- अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले सन् २०१८ पछि पहिलो पटक

नारायणीको जलसतह हालसम्मकै उच्च

नारायणगढ– नारायणी नदीमा आज जलसतह ११ दशमलव ९४ मिटर पुगेको

पूर्वप्रधानन्यायाधीश जबराको अनुगमनमा प्रहरीले रोक लगाएपछि आयोगको ध्यानाकर्षण

काठमाडौं– सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई नेपाल प्रहरीले पक्राउ