बुचा शहरमा भएको गैरसैनिकको आम हत्याको भारतद्वारा निन्दा, स्वतन्त्र छानबिनको समर्थन गर्ने « Khabarhub

बुचा शहरमा भएको गैरसैनिकको आम हत्याको भारतद्वारा निन्दा, स्वतन्त्र छानबिनको समर्थन गर्ने


२३ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युक्रेनको बुचा शहरमा गैरसैनिक सर्वसाधारणको आम हत्याको भारतले विरोध गरेको छ । आक्रमणकारी रुसी फौज पछि हटेसँगै युक्रेनको बुचा शहरमा विभत्स हत्या गरिएका सर्वसाधारणको सयौँ शव फेला परेसँगै रुसको परम्परागत साझेदार मानिने भारतले निन्दा गरेको हो ।

संयुक्त राष्ट्रसंघका लागि भारतीय स्थायी प्रतिनिधि टीएस तिरमूर्तीले बुचामा भएको भनिएका आम हत्याका घटनाको स्वतन्त्र छानबिन हुनुपर्ने समेत बताएका छन् ।

‘बुचा शहरमा सर्वसाधारणको हत्या भएकोबारे हालै सार्वजनिक समाचार निकै चिन्ताजनक छन् ।’ तिरमूर्तीलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ, ‘हामी यस्ता हत्याको निन्दा गर्दछौँ र स्वतन्त्र छानबिनको मागमा समर्थन जनाउछौँ ।’

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले भारतीय समकक्षी एस जयशंकरसँग टेलिफोन वार्ता गरेको केही समयलगत्तै राष्ट्रसंघमा भारतीय प्रतिनिधिको यस्तो भनाइ आएको हो ।

रुसको परम्परागत साझेदार भारतले युक्रेनमाथि आक्रमण गर्ने रुसी कदमको निन्दा गर्न हालसम्म आनाकानी गर्दै आएको थियो । बुचामा भएको भनिएको आम हत्याबारे पछिल्लो भारतीय घोषणाको निकै ठूलो रणनीतिक महत्व रहेको बताइएको छ ।

युक्रेनले रुसी फौजले युक्रेनी राजधानी किभ आसपासबाट फिर्ता भएसँगै बुचा, इरपिन लगायतका क्षेत्रमा विभत्स हत्या गरिएका गैर सैनिकको शव फेला परेको बताउँदै आएका छन् । गैर सैनिकको हत्या गर्ने रुसी कदमलाई युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले नरसंहारको संज्ञा समेत दिएका छन् ।

यता रुसले भने आफ्ना फौजले यस्तो काम नगरेको भन्दै रुसविरुद्ध पश्चिमा मुलुकले झूठो प्रचार गरेको आरोप लगाएको छ ।

प्रकाशित मिति : २३ चैत्र २०७८, बुधबार  ४ : २४ बजे

भोलि प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाइ

काठमाडौं । भोलि मंगलबार सर्वाेच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीशको संसदीय सुनुवाइ

इरानलाई ट्रम्पको चेतावनी : समय घर्किँदै छ, छिटो अघि बढ्नु राम्रो

वासिङ्टन – युद्ध अन्त्यका लागि गरिएको वार्ता ठप्प भएपछि अमेरिकी

साउदीमा आठ हजार पाकिस्तानी सेना र लडाकु विमान तैनाथ

काठमाडौं । पाकिस्तानले साउदी अरबमा लडाकु विमानसहित ठूलो संख्यामा सैनिक

पारा तेक्वान्दो टोली मंगोलिया जाँदै

काठमाडौं । आईची–नागोया एसियाली पारा तेक्वान्दोको छनोट तथा ११औँ एसियाली

आईपीएल : हैदराबादलाई चेन्नईले दियो १८१ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को ६३औँ खेलमा