बुचा शहरमा भएको गैरसैनिकको आम हत्याको भारतद्वारा निन्दा, स्वतन्त्र छानबिनको समर्थन गर्ने | Khabarhub Khabarhub

बुचा शहरमा भएको गैरसैनिकको आम हत्याको भारतद्वारा निन्दा, स्वतन्त्र छानबिनको समर्थन गर्ने


२३ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युक्रेनको बुचा शहरमा गैरसैनिक सर्वसाधारणको आम हत्याको भारतले विरोध गरेको छ । आक्रमणकारी रुसी फौज पछि हटेसँगै युक्रेनको बुचा शहरमा विभत्स हत्या गरिएका सर्वसाधारणको सयौँ शव फेला परेसँगै रुसको परम्परागत साझेदार मानिने भारतले निन्दा गरेको हो ।

संयुक्त राष्ट्रसंघका लागि भारतीय स्थायी प्रतिनिधि टीएस तिरमूर्तीले बुचामा भएको भनिएका आम हत्याका घटनाको स्वतन्त्र छानबिन हुनुपर्ने समेत बताएका छन् ।

‘बुचा शहरमा सर्वसाधारणको हत्या भएकोबारे हालै सार्वजनिक समाचार निकै चिन्ताजनक छन् ।’ तिरमूर्तीलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ, ‘हामी यस्ता हत्याको निन्दा गर्दछौँ र स्वतन्त्र छानबिनको मागमा समर्थन जनाउछौँ ।’

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले भारतीय समकक्षी एस जयशंकरसँग टेलिफोन वार्ता गरेको केही समयलगत्तै राष्ट्रसंघमा भारतीय प्रतिनिधिको यस्तो भनाइ आएको हो ।

रुसको परम्परागत साझेदार भारतले युक्रेनमाथि आक्रमण गर्ने रुसी कदमको निन्दा गर्न हालसम्म आनाकानी गर्दै आएको थियो । बुचामा भएको भनिएको आम हत्याबारे पछिल्लो भारतीय घोषणाको निकै ठूलो रणनीतिक महत्व रहेको बताइएको छ ।

युक्रेनले रुसी फौजले युक्रेनी राजधानी किभ आसपासबाट फिर्ता भएसँगै बुचा, इरपिन लगायतका क्षेत्रमा विभत्स हत्या गरिएका गैर सैनिकको शव फेला परेको बताउँदै आएका छन् । गैर सैनिकको हत्या गर्ने रुसी कदमलाई युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले नरसंहारको संज्ञा समेत दिएका छन् ।

यता रुसले भने आफ्ना फौजले यस्तो काम नगरेको भन्दै रुसविरुद्ध पश्चिमा मुलुकले झूठो प्रचार गरेको आरोप लगाएको छ ।

प्रकाशित मिति : २३ चैत्र २०७८, बुधबार  ४ : २४ बजे

बीमा बोर्डद्वारा अस्पताललाई बक्यौता रकम भुक्तानी

काठमाडौं– स्वास्थ्य बीमा बोर्डले बीमितको उपचार गरेबापत बक्यौता रकम अस्पताललाई

नेपालले हार्‍यो लगातार चार खेल, यूएईसँग फेरि पराजित

काठमाडौं- आईसीसी लिग डिभिजन- २ को बुधबार भएको खेलमा नेपालले

नेपाल एयरलाइन्सको अध्यक्षमा राई र प्रवक्तामा घिमिरे नियुक्त

काठमाडौं– नेपाल वायुसेवा निगमको सञ्चालक समिति अध्यक्षको जिम्मेवारी निगमकै उपाध्यक्ष

देशभरका ३३ कार्यालयमा खुल्यो यातायात व्यवस्थाको सर्भर

काठमाडौं– यातायात व्यवस्था विभागको सर्भर देशभरका ३३ वटा कार्यालयमा आंशिक रूपमा