युद्ध शुरु भएयता ईयूले रुससँग ३५ अर्ब युरोको उर्जा किन्यो, युक्रेनलाई १ अर्बमात्र सहयोग « Khabarhub

युद्ध शुरु भएयता ईयूले रुससँग ३५ अर्ब युरोको उर्जा किन्यो, युक्रेनलाई १ अर्बमात्र सहयोग


२३ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युक्रेनमाथि आक्रमण गरेयता युरोपेली युनियन ईयूले रुससँग ३५ अर्ब युरोको उर्जा खरिद गरेको सार्वजनिक भएको छ । ईयूका विदेश नीति प्रमुख जोसिप बोरेलले गत फेब्रुअरी २४ मा युक्रेनमाथि आक्रमण गरेयता रुससँग ईयूले ३५ अर्ब युरो बराबर उर्जा खरिद गरेको बताएका हुन् ।

अर्कोतर्फ ईयूले व्यापक रुसी आक्रमणको सामना गरिरहेको युक्रेनलाई भने केबल १ अर्ब युरो बराबरमात्रै सैनिक सहयोग गरेको बताए ।

‘हामीले युक्रेनीहरुलाई आफ्नो रक्षा आफैँ गर्न सहयोग गर्नुपर्छ… हामीले युक्रेनलाई १ अर्ब युरो सहयोग गरेका छौँ । यो एकदमै धेरैजस्तो लाग्न सक्छ तर हामी हरेक दिन (रुसी राष्ट्रपति भ्लादिमिर) पुटिनलाई उर्जा खरिद गरेबापत १ अर्ब युरो तिर्दै आएका छौँ ।’ उनलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

राजधानी किभ नजिकैबाट रुसी सैनिक पछि हटेपछि युक्रेनको बुचा शहरमा गैर सैनिक सर्वसाधारणको विभत्स हत्या गरिएका सयौँ शव फेला परेसँगै ईयूले रुसमाथि थप प्रतिबन्धको घोषणा गर्दैछ । यसबारे छलफल गर्न डाकिएको ईयूको संसद्लाई सम्बोधन गर्दै बोरेलले यस्तो जानकारी दिएको बीबीसीले जनाएको छ ।

युरोपेली मुलुकहरुको कूल ग्यास उपभोगको ४० प्रतिशत रुसबाट आपूर्ति हुँदै आएको बताइन्छ । ईयूले रुसी अर्थतन्त्रका विभिन्न क्षेत्रमाथि प्रतिबन्धको घोषणा गरेपनि रुसी उर्जामाथि प्रतिबन्ध लगाउन आनाकानी गरिरहेका छन् ।

प्रकाशित मिति : २३ चैत्र २०७८, बुधबार  ५ : २१ बजे

पार्टीभित्र देखिएको विभाजन र मतभेद लामो समय रहँदैन : मोहन बस्नेत

काठमाडौं– नेपाली कांग्रेसका नेता मोहन बस्नेतले पार्टीभित्र देखिएको विभाजन र

कालीगण्डकी बाढीले बागलुङ र पर्वत जोड्ने पुल क्षतिग्रस्त, आवतजावत ठप्प

बागलुङ– कालीगण्डकी नदीमा आएको भीषण बाढीले पर्वत र बाग्लुङ जोड्ने मालढुंगा

आईएमएफद्वारा ऋण ढाँचामा सुधारको प्रस्ताव

एजेन्सी- अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले सन् २०१८ पछि पहिलो पटक

नारायणीको जलसतह हालसम्मकै उच्च

नारायणगढ– नारायणी नदीमा आज जलसतह ११ दशमलव ९४ मिटर पुगेको

पूर्वप्रधानन्यायाधीश जबराको अनुगमनमा प्रहरीले रोक लगाएपछि आयोगको ध्यानाकर्षण

काठमाडौं– सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई नेपाल प्रहरीले पक्राउ