व्यापार नै सफल जीवनको आयाम : मानन्धर « Khabarhub

व्यापार नै सफल जीवनको आयाम : मानन्धर


२३ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष शिवप्रसाद मानन्धरले व्यापार नै सफल जीवनको आयाम भएको बताएका छन् ।

व्यापार व्यवसाय गर्दा जीवन सबल हुने भन्दै उनले सबैले उद्यमी बन्नुपर्ने बताएका छन् ।

व्यापार व्यवसायबाट घरपरिवारको मात्रै नभई देशले नै काँचुली फेर्ने उनको भनाइ छ । भक्तपुरको सूर्यविनायकमा कार्यालय स्थापना गरी बुधबारदेखि सेवा शुभारम्भ गरेको चन्द्रोदय बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको उद्घाटन गर्दै उनले सबैले इमानदारिताका साथ व्यापार व्यवसाय गर्नुपर्ने बताए ।

कार्यक्रममा सूर्यविनायक नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष रामेश्वर ध्वजूले आफ्नो वडामा मात्र ४४ वटा सहकारी संस्था रहेको जानकारी दिए । नगरपालिकाभरिमा चार सय ४४ वटा सहकारी संस्था रहेका उनले बताए ।

कार्यक्रममा संस्थाका अध्यक्ष गौतम सुजखू, सचिव तीर्थरत्न राजचल, भक्तपुर उद्योग वाणिज्य संघकी वरिष्ठ उपाध्यक्ष रोशनीमैयाँ धौबञ्जा, भक्तपुर घरेलु तथा साना उद्योग व्यवसायी संघका अध्यक्ष प्रेमकृष्ण खर्वुजालगायतले साना उद्योगी व्यापारीलाई सहज कर्जा दिई सहयोग गर्न संस्था स्थापना गरेको बताएका थिए ।

प्रकाशित मिति : २३ चैत्र २०७८, बुधबार  ८ : ५७ बजे

नेपाललाई सहयोग गर्ने राष्ट्रपति ट्रम्पको प्रतिबद्धता

वाशिङटन, डिसी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाललाई सक्दो सहयोग गर्ने

अप्पर त्रिशूली हाइड्रोपावरको सुरुङमा फसेका ३५० सहित ८८३ जनाको उद्धार

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा आएको विनासकारी बाढीपछि अप्पर त्रिशूली

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

आज जनैपूर्णिमा पर्व मनाइँदै

काठमाडौँ : देशभर नव यज्ञोपवीत (जनै) एवं रक्षाबन्धन धारण गरेर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल भदौ १२ गते शुक्रबार सन् २०२६