वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीको महासचिवमा आहुति « Khabarhub

वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीको महासचिवमा आहुति


२३ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

खोटाङ – वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपालको महासचिवमा आहुति निर्वाचित भएका छन् ।

१७ चैतदेखि १९ चैतसम्म काठमाडौँमा सम्पन्न प्रथम राष्ट्रिय भेलाबाट आहुति वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीको महासचिव बनेका हुन् ।

भेलाले आहुतिको नेतृत्वमा ९९ सदस्यीय वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटी बनाएको हो । पार्टीको प्रवक्तामा जागृत रायमाझी चुनिएका छन् ।

४० प्रतिशत महिलाको प्रतिनिधित्व रहनेगरी वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी विस्तार गरिएको महासचिव आहुतिले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सुरुदेखि आहुतिकै नेतृत्वमा चल्दैआएको वैज्ञानिक समाजवादीले औपचारिक रूपमा पार्टीको वैचारिक काम सुरु भएको ३ वर्ष र संगठनात्मक काम सुरु गरेको करिब १५ महिनापछि प्रथम राष्ट्रिय भेला गरेको हो ।

वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीले महासचिव आहुति र प्रवक्ता रायमाझी रहेको १५ सदस्यीय केन्द्रीय सचिवालय कमिटी बनाएको छ । सचिवालयमा मदन अर्याल, राजकुमार हिङमाङ, सागर लिम्बु, धनकुमारी सुनार, राजेश्वरी सुवेदी, डिबी सर्वश्रेष्ठ, आशिष लिम्बु, वैद्यनाथ ठाकुर, बुद्धलक्ष्मी महर्जन, विनोद सुनाम, लछुराम बिक, पुष्पकुमार भण्डारी र श्याम कुँवर छन् । यस्तै, सल्लाहकार समितिमा आरपी गुरागाई, डा. अजय यादव, मोहन साशंकर र डा. सञ्जय शाहलाई राखिएको छ ।

वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीले प्रदेश १ संयोजकमा आशिष लिम्बु, मधेश प्रदेशमा वैद्यनाथ ठाकुर, बागमती प्रदेशमा बुद्धलक्ष्मी महर्जन, गण्डकी प्रदेशमा विनोद सोनाम, लुम्बिनी प्रदेशमा लछुराम बिक, कर्णाली प्रदेशमा पुष्पकुमार भण्डारी र सुदूरपश्चिम प्रदेश संयोजकमा श्याम कुँवरलाई जिम्मेवारी दिएको छ ।

भेलाले एमसीसी, निर्वाचन, भ्रष्टाचार लगायतका समसामयिक राजनीतिक परिस्थितिका विषयमा ८ बुँदे समसामयिक राजनीतिक प्रस्ताव पारित गरेको सचिवालय सदस्य राजकुमार हिङमाङले बताए ।

पार्टीले निर्वाचन बहिस्कारदेखि हरेक स्थानीय तहमा ‘हिसाब खोज’ आन्दोलन अगाडि बढाउने निर्णय गरेको विज्ञप्तिमा जनाइएको छ ।

प्रकाशित मिति : २३ चैत्र २०७८, बुधबार  ६ : ११ बजे

यू-१९ महिला प्रिमियर कप: हङकङलाई १८१ रनले हराउँदै नेपाल समूह विजेता

काठमाडौँ – एसीसी यू–१९ महिला प्रिमियर कपमा नेपालले लगातार तेस्रो

चुमनुब्री गाउँपालिकाको राजस्व दुई करोड

गोरखा– उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाले आन्तरिक राजस्व सङ्कलनमा उल्लेखनीय फड्को

संसद्‍मा उठ्यो त्रासदीपूर्ण पार्किङको विषय : एक लाख जरिवाना गर्न माग

काठमाडौं– सोमबार विभिन्न सञ्चारमाध्यम र सार्वजनिक स्थानमा गरिएको सरकार संरक्षित

सालझण्डी–ढोरपाटन सडकको बुर्तिबाङ–फल्लेघर खण्ड ग्राभेल

बागलुङ– राष्ट्रिय प्राथमिकताको आयोजना सालझण्डी–ढोरपाटन सडकअन्तर्गत बागलुङको बुर्तिबाङ–फल्लेघर खण्डमा २२

आगलागीपछि ‘दाउरा’ रूफटप चार महिनामै पुनः सञ्चालनमा

ललितपुर– चार महिनाअघि पुल्चोकस्थित ‘दाउरा’ रूफटप मा भएको भीषण आगलागीपछि