कविता सुनुवार हत्या प्रकरणः दुई आरोपी पक्राउ « Khabarhub

कविता सुनुवार हत्या प्रकरणः दुई आरोपी पक्राउ


२३ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उदयपुर– उदयपुरको बेलका नगरपालिका–३ बुद्धचोकमा भएको बालिका हत्याका आरोपीलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

कोशी जनता माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत वर्ष १६ की कविता सुनुवारको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका भारतको सिक्किम राज्य बियुङ स्थायी घर भई उदयपुर बेलका–३ बस्ने बिनोद ढकाल र बेलका–३ की १७ की नाबालिकालाई जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी कार्यालय उदयपुुरले बुधबार पत्रकार सम्मेलन गरी हत्यामा संलग्नलाई सार्वजनिक गर्नुका साथै बालिकाको हत्या भएको सूचना पाएको दुई घण्टाभित्र हत्यामा संलग्नहरूलाई पक्राउ गर्न उदयपुर प्रहरी सफल भएको जनाएको छ ।

सार्वजनिक गरिएका आरोपी ढकाललाई ७ दिन र नाबालिकालाई उदयपुर जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर थप अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुवासचन्द्र बोहोराले जानकारी दिएका छन् ।

सुनुवारलाई ढकाल र नाबालिकाले योजनाबद्ध ढंगले बियरको बोतल र ढुंङ्गाले किचेर हत्या गरेको खुल्न आएको छ । विद्यालयमा भएको सामान्य झगडाको रिसिइबीका कारणले आरोपी नाबालिकाले नाताले दाजु पर्ने ढकालको सहयोग लिएर हत्या गरेको प्रहरीले जनाएको छ ।

यस्तै उदयपुरका राजनीतिक दल एवम् विभिन्न संघ संस्था तथा अधिकारकर्मीहरूले कविता सुनुवार हत्याको सत्य तथ्य छानबिन गरी दोषीलाई हदैसम्मको कारबाहीको माग गरेका छन ।

प्रकाशित मिति : २३ चैत्र २०७८, बुधबार  ५ : ४९ बजे

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ