नेपालमा फिल्मको सेयर बाँडफाँडमा नयाँ नियम « Khabarhub

नेपालमा फिल्मको सेयर बाँडफाँडमा नयाँ नियम


२३ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बेलाबखतमा सेयर बाँडफाँडलाई लिएर निर्माता र हल प्रदर्शकबीच हुने मतभेद कोरोना भाइरस महामारी यता देखिएको छैन । नेपालमा हल र फिल्म दुबैलाई पुरानै लयमा फर्काउने भन्दै दुबै पक्ष सहकार्यका साथ अगाडी बढिरहेका छन् । यसैबीच आउँदो वर्ष अर्थात वैशाख १ देखि प्रदर्शनमा आउने फिल्ममा सेयर सम्बन्धी नयाँ नियम लागू भएको छ ।

नेपालमा प्रदर्शन हुने फिल्ममा आगामी वैशाख १ गतेदेखि कमाइको बाँडफाँड (सेयर) सम्बन्धी नयाँ निर्णय लागू हुने भएको हो । फिल्म प्रदर्शन भएको पहिलो साता प्रदर्शक र निर्माताबीच ५०/५० प्रतिशत  र दोस्रो साता पनि दुवै पक्षबीच ५०/५० प्रतिशत सेयर विभाजन हुने सहमति भएको छ, भने तेस्रो साता निर्माताले ३५ प्रतिशत सेयर पाउने भएका छन् ।

फिल्म वितरक अशोक शर्मा संयोजक रहेको प्रदर्शन विशेष कार्यदलले वैशाखदेखि लागू हुने गरि सेयर बाँडफाँट बारे प्रदर्शक, वितरक र निर्माताबीच सहमति भएको छ ।

प्रकाशित मिति : २३ चैत्र २०७८, बुधबार  ७ : ४२ बजे

पाकिस्तानका हुसेनले तलतले कर्णाली याक्सबाट एनपिएल खेल्ने

काठमाडौँ- पाकिस्तानका अलराउन्डर हुसेन तलतले नेपाल प्रिमियर लिग (एनपिएल) को

पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा पाँचको मृत्यु, ३१३ घाइते

काठमाडौँ- पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा

युक्रेन युद्धबारे वार्ता गर्न रुस तयार

मस्को- रुसले युक्रेन र अमेरिकासँग त्रिपक्षीय वार्ता पुनः सुरु गर्न

के हो पीएचपी ?

काठमाडौं- पछिल्लो समय विश्वभरका सरकारी तथा अन्य महत्त्वपूर्ण वेबसाइटहरूमा अचानक

एशियाली चेसमा सहभागी हुने नेपाली टोली भारत प्रस्थान

काठमाडौँ– भारतको गुजरातस्थित अहमदाबादमा यही अक्टोबर २२ देखि ३१ तारिखसम्म