नेपालमा फिल्मको सेयर बाँडफाँडमा नयाँ नियम « Khabarhub

नेपालमा फिल्मको सेयर बाँडफाँडमा नयाँ नियम


२३ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बेलाबखतमा सेयर बाँडफाँडलाई लिएर निर्माता र हल प्रदर्शकबीच हुने मतभेद कोरोना भाइरस महामारी यता देखिएको छैन । नेपालमा हल र फिल्म दुबैलाई पुरानै लयमा फर्काउने भन्दै दुबै पक्ष सहकार्यका साथ अगाडी बढिरहेका छन् । यसैबीच आउँदो वर्ष अर्थात वैशाख १ देखि प्रदर्शनमा आउने फिल्ममा सेयर सम्बन्धी नयाँ नियम लागू भएको छ ।

नेपालमा प्रदर्शन हुने फिल्ममा आगामी वैशाख १ गतेदेखि कमाइको बाँडफाँड (सेयर) सम्बन्धी नयाँ निर्णय लागू हुने भएको हो । फिल्म प्रदर्शन भएको पहिलो साता प्रदर्शक र निर्माताबीच ५०/५० प्रतिशत  र दोस्रो साता पनि दुवै पक्षबीच ५०/५० प्रतिशत सेयर विभाजन हुने सहमति भएको छ, भने तेस्रो साता निर्माताले ३५ प्रतिशत सेयर पाउने भएका छन् ।

फिल्म वितरक अशोक शर्मा संयोजक रहेको प्रदर्शन विशेष कार्यदलले वैशाखदेखि लागू हुने गरि सेयर बाँडफाँट बारे प्रदर्शक, वितरक र निर्माताबीच सहमति भएको छ ।

प्रकाशित मिति : २३ चैत्र २०७८, बुधबार  ७ : ४२ बजे

विपत्‌मा नक्कली ‘क्यूआर कोड’ को जोखिम, आधिकारिक खाता जाँच्न आग्रह

काठमाडौँ – मुलुकमा आइपरेको प्राकृतिक विपत्‌को घडीमा सङ्कलन भइरहेको राहत

भोटेकोशी बाढी : मधेसका ५८ जना सम्पर्कविहीन, विवरण संकलन गर्दै प्रहरी

जनकपुरधाम– प्रदेश प्रहरीले भोटेकोशी  बाढीपछि सम्पर्कविहीन भएकाहरूको विवरण संकलन थालेको

जनै पूर्णिमामा नेवार समुदायले मनाउँछन् ‘गुन्हुँ पुन्ही’

श्रावण शुक्ल पूर्णिमाका दिन नेवार समुदायले विशेष रूपमा मनाउने पर्व

पहिचान र परीक्षणका लागि १०२ शव पोखरा ल्याइयो

कास्की– त्रिशूली तथा नारायणी नदी किनारमा भेटिएका १०२ शव पहिचान