दराजको नयाँ वर्ष अभियान घोषणा « Khabarhub

दराजको नयाँ वर्ष अभियान घोषणा


२३ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालको अग्रणी अनलाइन बजार दराजले नव वर्षको सेल–नयाँ रहर नयाँ अफर सुरु गर्न लागेको छ ।

दराज कम्पनीले चैत्र २८ गतेबाद यो अफर सुरु गर्न लागेको हो । नयाँ वर्षको अवसरमा दराजले ग्राहकहरूलाई आश्चर्यजनक डिलहरू, ५००० रुपैयाँसम्मको भौचर, विशेष अफरहरू, अनलाइन भुक्तानीमा विशेष साझेदार छुट, उत्कृष्ट पुरस्कार साथै बम्पर उपहारमा स्कुटर जित्ने अवसर लिएर आएको छ ।

यस अभियानका लागि नेपाल बैंक लिमिटेड र दराजबीच सम्झौता पनि भएको छ । जसबाट नेपाल बैंकका कार्ड वाहकहरूले डेबिट प्रीपेमेन्टमा १०% (अधिकतम १००० रुपैयाँ) र क्रेडिट कार्ड प्रीपेमेन्टमा १५% (अधिकतम १५०० रुपैयाँ) सम्म छुटको व्यवस्था गरिएको छ ।

त्यस्तै, सानिमा बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, मेगा बैंक, बैंक अफ काठमाण्डू, एनसीसी बैंक, सेन्चुरी बैंक, ज्योति विकास बैंक, मुक्तिनाथ बैंक र सांग्रिला बैंकका कार्ड

वाहकहरूले डेबिट कार्डमा १०% (१००० रुपैयाँसम्म) छुट र क्रेडिट कार्ड अनलाइन पीपेमेन्टमा १५% (१५०० रुपैयाँसम्म) छुटको व्यवस्था गरिएको छ ।

साथै, स्ट्यान्डर्ड चार्टर्ड बैंकका डेबिट÷क्रेडिट कार्ड वाहकहरूले अनलाइन प्रीपेमेन्टमा १५% सम्म छुट (अधिकतम १००० रुपैयाँ) प्राप्त गर्न सक्ने दराजले जनाएको छ । यद्यपि यो अफर ११ अप्रिलदेखि १५ अप्रिलसम्म मान्य हुनेछ ।

प्रकाशित मिति : २३ चैत्र २०७८, बुधबार  १० : ४६ बजे

नेपाललाई सहयोग गर्ने राष्ट्रपति ट्रम्पको प्रतिबद्धता

वाशिङटन, डिसी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाललाई सक्दो सहयोग गर्ने

अप्पर त्रिशूली हाइड्रोपावरको सुरुङमा फसेका ३५० सहित ८८३ जनाको उद्धार

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा आएको विनासकारी बाढीपछि अप्पर त्रिशूली

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

आज जनैपूर्णिमा पर्व मनाइँदै

काठमाडौँ : देशभर नव यज्ञोपवीत (जनै) एवं रक्षाबन्धन धारण गरेर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल भदौ १२ गते शुक्रबार सन् २०२६