पल शाहलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश « Khabarhub

पल शाहलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश


२३ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पूर्वीनवलपरासी— जिल्ला अदालतले किशोरी बलात्कारको आरोप लागेका अभिनेता पल शाहलाई पुर्पक्षका लागि थुना राख्न आदेश दिएको छ ।

बुधबार न्यायाधीश अर्जुन अधिकारीको इजलासले अभिनेता शाहलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।

अन्तिम फैसला नआएसम्मका लागि अभिनेता शाहलाई थुनामा राखेर अनुसन्धान गर्न अदालतले भनेको छ ।

शाहलाई तनहुँस्थित थुनामा राखिने छ । प्रहरीले शाहलाई बुधबार राति तनहुँ लगेको छ ।

यसअघि, बुधबार नै शाहको पूर्वी नवलपरासी अदालतमा थुनछेक बहस सकिएको थियो ।

अदालतमा तीन सरकारी वकिल कमल पन्थी, डालबहादुर नेपाली र बुद्धबहादुर थापाले पीडित किशोरीको तर्फबाट बहस गरेका थिए ।

उनीहरूले किशोरीको मागबमोजिम १२ देखि १४ वर्षसम्म कैद सजाय हुनुपर्ने माग गरेका थिए । त्यस्तै शाहविरुद्धको थुनछेक बहसका क्रममा शाहका पक्षबाट ९ वकिलले बहस गरेका थिए ।

बलात्कार आरोपमा पक्राउ परेका शाहविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरिएको थियो । तनहुँ प्रहरी हिरासतमा रहेका शाहलाई मंगलबार जिल्ला अदालत ल्याएर बयान लिइएको हो ।

वैशाख ७ गते जिल्ला अदालत पूर्वी नवलपरासीमा हाजिर हुन भनिएको छ ।

त्यस्तै अर्का मुद्दामा तनहुँ अदालतको फैसलाअनुसार पुर्पक्षका लागि शाह थुनामा रहेका छन् ।

प्रकाशित मिति : २३ चैत्र २०७८, बुधबार  ११ : ०४ बजे

पाकिस्तानका हुसेनले तलतले कर्णाली याक्सबाट एनपिएल खेल्ने

काठमाडौँ- पाकिस्तानका अलराउन्डर हुसेन तलतले नेपाल प्रिमियर लिग (एनपिएल) को

पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा पाँचको मृत्यु, ३१३ घाइते

काठमाडौँ- पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा

युक्रेन युद्धबारे वार्ता गर्न रुस तयार

मस्को- रुसले युक्रेन र अमेरिकासँग त्रिपक्षीय वार्ता पुनः सुरु गर्न

के हो पीएचपी ?

काठमाडौं- पछिल्लो समय विश्वभरका सरकारी तथा अन्य महत्त्वपूर्ण वेबसाइटहरूमा अचानक

एशियाली चेसमा सहभागी हुने नेपाली टोली भारत प्रस्थान

काठमाडौँ– भारतको गुजरातस्थित अहमदाबादमा यही अक्टोबर २२ देखि ३१ तारिखसम्म