हिटलरको मूलबारे आफ्ना विदेशमन्त्रीको आधारहीन दाबीप्रति पुटिनको क्षमा याचना | Khabarhub Khabarhub

हिटलरको मूलबारे आफ्ना विदेशमन्त्रीको आधारहीन दाबीप्रति पुटिनको क्षमा याचना


२३ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो विदेशमन्त्रीको विवादास्पद र आधारहीन दाबी प्रति क्षमा मागेका छन् ।

जर्मन तानाशाह एडोल्फ हिटलर यहूदी मूलको रहेको भन्ने रुसी विदेशमन्त्री सर्गेइ लाभ्रोभको दाबीप्रति क्षमा मागेको इजरायली प्रधानमन्त्री नफ्तलाइ बेन्नेटले जानकारी दिएका छन् ।

बेन्नेट र पुटिनबीच भएको टेलिफोन वार्ताका क्रममा राष्ट्रपति पुटिनले क्षमा मागेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

यसअघि लाभ्रोभले इटालीको रेटे ४ च्यानललाई दिएको अन्तरवार्तामा हिटलर यहूदी मूलका भएको दाबी गरेका थिए ।

‘जब उनीहरु भन्छन् – यदि हामी यहूदी हौँ भने यो कस्तो किसिमको नाजीकरण हो ? – साँच्चै भन्दा मेरो विचारमा हिटलर पनि यहूदी मूलका थिए, त्यसैले यसको कुनै मतलब छैन ।’ लाभ्रोभले अन्तरवार्तामा भनेका थिए ।

लाभ्रोभले आधारहीन दाबीलाई लिएर इजरायलले आक्रोशले पोखेको थियो । इजरायली विदेशमन्त्री याइर लापिडले लाभ्रोभको दाबीले नाजी जर्मनीद्वारा यहूदीहरूको नरसंहारको अवमूल्यन गरेको भन्दै यो ‘अक्षम्य’ भएको टिप्पणी गरेका थिए ।

हिटलरले आफ्नो शासनकालमा ६० लाख यहूदीहरुको आम नरसंहार गरेका थिए । यसकारण विश्वको एकमात्र यहूदी मुलुक इजरायलमा हिटलर र नाजी सत्ताद्वारा यहूदीमाथि गरिएको दमनलाई निकै संवेदनशील विषयका रुपमा लिने गरिन्छ ।

पछि रुसी विदेशमन्त्रालयले इजरायलले ‘नव नाजीहरु’को समर्थन गरेको आरोप लगाएको थियो ।

यता पुटिनको क्षमा आफूले स्वीकार गरेको बेन्नेटले बताएका छन् । साथै यहूदी धर्मावलम्बी र नाजी नरसंहारबारे आफ्नो धारणा स्पष्ट पारेकोमा बेन्नेटले धन्यवाद समेत दिएको जनाइएको छ ।

पछिल्लो समय युक्रेनमा जारी रुसी आक्रमणमा पनि इजरायलले मध्यस्थता गर्न खोजिरहेको समाचार सार्वजनिक भएको थियो ।

यद्यपि अघिल्लो महिना अरब आक्रमणकारीले गराएका श्रृङ्खलाबद्ध आक्रमण भएपछि इजरायलको चासो मोडिएको रोयटर्सले जनाएको छ ।

तर पछिल्ला केही दिनमा बेन्नेटले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र पुटिनसँग टेलिफोन वार्ता गरेबाट इजरायलले फेरि मध्यस्थताको प्रयास अघि बढाएको हुनसक्ने अर्थमा लिइएको छ ।

प्रकाशित मिति : २३ बैशाख २०७९, शुक्रबार  १२ : ०७ बजे

जापानद्वारा दुई वर्षमा पहिलो पटक चीनमा समुद्री खाद्य निर्यात पुनः सुरु

टोकियो– दुई वर्षअघि फुकुसिमा दाइची आणविक ऊर्जा संयन्त्रबाट प्रशोधित रेडियोधर्मी

औषधि अभाव हुँदा सेवाग्राही मर्कामा

सिरहा– लहानस्थित रामकुमार शारडा उमाप्रसाद मुरारका प्रादेशिक अस्पतालमा तीन महिनादेखि स्वास्थ्य

टंकको ‘अशोक हार्दैछन्’ भन्ने स्ट्याटसबारे अशोक : दर्शकले हार्न दिनुभएन

काठमाडौं – ‘मन बिनाको धन’को प्रदर्शनको संघारमा राखेको स्ट्याटसबारे टंक

जङ्गली हात्तीको आक्रमणबाट नौ वर्षमा १७ जनाको मृत्यु

महेन्द्रनगर– कञ्चनपुरमा मानव–वन्यजन्तु द्वन्द्व पछिल्लो समय बढ्दै गएको छ ।

राजा फर्काउने आन्दोलनमा पनि उत्रिएका थिए नक्कली नागरिकताधारी तेन्जिन

काठमाडौं- भदौ २४ गतेको आन्दोलनमा पेस्तोल देखाएको कसुरमा पक्राउ परेका