छायांकनमा नगएपछि ‘के घर के डेरा’ मुहूर्त  « Khabarhub

छायांकनमा नगएपछि ‘के घर के डेरा’ मुहूर्त 


२३ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कमेडी तथा सोसल ड्रामा फिल्म ‘के घर के डेरा’ मुहूर्त भएको छ । यही २२ गतेबाट फिल्म छायांकनमा जाने भनिएता पनि स्थानीय तहको निर्वाचन पश्चात मात्र फिल्म छायांकनमा जाने भएको छ ।

स्वयम्भुस्थित हारती माताको मन्दिरमा मुहूर्त गर्दै फिल्मको एक दृश्यको छायांकन समेत गरिएको छ । ‘फिल्मलाई चुनाव पश्चात नै छायांकन लाने तयारी गरेका छौँ । फिल्ममा म निर्देशक भएसँगै यसको कथालाई केहि परिवर्तन गर्दै मेरो शैलीमा ढालेको छु । फिल्मको कथा , कमेडी , रोदनमा मेरो शैली पाउनु हुनेछ’ निर्देशक दीपेन्द्र के खनालले बताए ।

मुहूर्तमा पुगेका अभिनेता विपिन कार्कीले पनि फिल्मले काठमाडौँमा डेरामा बस्नेको कथा भन्ने बताए । ‘काठमाडौँमा आएर डेरामा बसेका हरेकले यो कथा रिलेट गर्छन । मैले कथा पढ्दै गर्दा डेरामा भोगेको घटनाक्रम पाए । एक किसिमले मैले डेरामा बस्दा भोगेको परिस्थिति फिल्ममा छ’ विपिनले भने । उनले फिल्ममा हासो र रोदनको मिश्रण पाइने समेत बताए । मुहूर्तमा दीपेन्द्र र विपिनसँगै निर्माताहरूको उपस्थिति थियो ।

फिल्ममा विपिनसँगै दयाहाङ राई, वर्षा राउत , सुरक्षा पन्त र रविन्द्र झाको मुख्य भूमिका रहने छ ।  निर्देशक खनालले ‘झोले’ पछि दयाहाङ, ‘पशुपति प्रसाद’ पछि विपिन र ‘चंगा चेट’ पछि रविन्द्रसँग सहकार्य गर्न लागेका छन् । ‘म उहाँहरुसँग पुनः काम गर्न पाउँदा निकै उत्साहित छु,’ निर्देशक खनालले भने ।

घर भएका र घर नभएका दुवै वर्गको कथामा फिल्म बन्ने बताइएको छ । शरद श्रेष्ठ, राजीव श्रेष्ठ र किरण महर्जन निर्माता रहेको फिल्मको कार्यकारी निर्माता युवराज कार्की हुन् । सिंगे लामाको कथा, महेश दवाडीको पटकथा र संवाद, दीर्घ गुरुङको छायांकन रहेको फिल्म आउँदो वर्ष प्रदर्शनमा आउने छ ।

प्रकाशित मिति : २३ बैशाख २०७९, शुक्रबार  २ : २३ बजे

दुबईस्थित युक्रेनी ड्रोन प्रतिरोधी प्रणालीलाई निशाना बनाएको इरानी दाबी

तेहरान- इरानको सेनाले संयुक्त अरब इमिरेट्स (युएई)मा रहेको युक्रेनी ड्रोन

देउवा नेतृत्वको कांग्रेसले भन्यो – ओली र लेखकलाई तत्काल रिहा गरियोस्

काठमाडौं– शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेसको समूहले पार्टीका केन्द्रीय सदस्य

वीरगञ्ज नाका हुँदै दुई हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालय हुँदै करिब डेढ महिनाको अवधिमा दुई

बोस्नियाको उत्तरपश्चिम क्षेत्रमा हिमपात, ५० हजार मानिस अन्धकारमा

एजेन्सी– भारी हिमपात र विद्युत् संरचनामा गम्भीर क्षति पुगेपछि बोस्निया