छायांकनमा नगएपछि ‘के घर के डेरा’ मुहूर्त  « Khabarhub

छायांकनमा नगएपछि ‘के घर के डेरा’ मुहूर्त 


२३ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कमेडी तथा सोसल ड्रामा फिल्म ‘के घर के डेरा’ मुहूर्त भएको छ । यही २२ गतेबाट फिल्म छायांकनमा जाने भनिएता पनि स्थानीय तहको निर्वाचन पश्चात मात्र फिल्म छायांकनमा जाने भएको छ ।

स्वयम्भुस्थित हारती माताको मन्दिरमा मुहूर्त गर्दै फिल्मको एक दृश्यको छायांकन समेत गरिएको छ । ‘फिल्मलाई चुनाव पश्चात नै छायांकन लाने तयारी गरेका छौँ । फिल्ममा म निर्देशक भएसँगै यसको कथालाई केहि परिवर्तन गर्दै मेरो शैलीमा ढालेको छु । फिल्मको कथा , कमेडी , रोदनमा मेरो शैली पाउनु हुनेछ’ निर्देशक दीपेन्द्र के खनालले बताए ।

मुहूर्तमा पुगेका अभिनेता विपिन कार्कीले पनि फिल्मले काठमाडौँमा डेरामा बस्नेको कथा भन्ने बताए । ‘काठमाडौँमा आएर डेरामा बसेका हरेकले यो कथा रिलेट गर्छन । मैले कथा पढ्दै गर्दा डेरामा भोगेको घटनाक्रम पाए । एक किसिमले मैले डेरामा बस्दा भोगेको परिस्थिति फिल्ममा छ’ विपिनले भने । उनले फिल्ममा हासो र रोदनको मिश्रण पाइने समेत बताए । मुहूर्तमा दीपेन्द्र र विपिनसँगै निर्माताहरूको उपस्थिति थियो ।

फिल्ममा विपिनसँगै दयाहाङ राई, वर्षा राउत , सुरक्षा पन्त र रविन्द्र झाको मुख्य भूमिका रहने छ ।  निर्देशक खनालले ‘झोले’ पछि दयाहाङ, ‘पशुपति प्रसाद’ पछि विपिन र ‘चंगा चेट’ पछि रविन्द्रसँग सहकार्य गर्न लागेका छन् । ‘म उहाँहरुसँग पुनः काम गर्न पाउँदा निकै उत्साहित छु,’ निर्देशक खनालले भने ।

घर भएका र घर नभएका दुवै वर्गको कथामा फिल्म बन्ने बताइएको छ । शरद श्रेष्ठ, राजीव श्रेष्ठ र किरण महर्जन निर्माता रहेको फिल्मको कार्यकारी निर्माता युवराज कार्की हुन् । सिंगे लामाको कथा, महेश दवाडीको पटकथा र संवाद, दीर्घ गुरुङको छायांकन रहेको फिल्म आउँदो वर्ष प्रदर्शनमा आउने छ ।

प्रकाशित मिति : २३ बैशाख २०७९, शुक्रबार  २ : २३ बजे

सिद्धार्थ क्यापिटलका सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम-२ लाई ८ र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–३ लाई १० प्रतिफल

काठमाडौं– सिद्धार्थ क्यापिटल लिमिटेडले आफ्नो व्यवस्थापनमा सञ्चालित सिद्धार्थ म्युचुअल फण्ड

सुनको मूल्य स्थिर, चाँदीको घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य स्थिर रह्यो भने चाँदीको मूल्य २५

‘सरकारले जनताको करबाट घाटाका उद्योग चलाउने होइन, निजी क्षेत्रलाई सघाउने हो’

काठमाडौं- नेपाली कांग्रेसका सांसद प्रकाशसिंह कार्कीले सरकारले उद्योग सञ्चालन गर्नेभन्दा

किमसँग सम्पर्कमा रहेको ट्रम्पको सङ्केत

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यासबाट

स्कुटरसहित पानीमा डुबेको अवस्थामा पुरूषको शव

मकवानपुर- यहाँस्थित हेटौंडा उपमहानगरापलिका-५ क्याम्पाडाँडामा स्कुटरसहित पानीमा डुबेको अवस्थामा एकजना