ओलीप्रति डा. महतको कटाक्ष– मनोरञ्जन गराउने काम कलाकारलाई छाडिदिनुस् « Khabarhub

ओलीप्रति डा. महतको कटाक्ष– मनोरञ्जन गराउने काम कलाकारलाई छाडिदिनुस्


२३ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले मनोरञ्जनको काम कलाकारलाई छाड्न आग्रह गरेका छन् ।

नेपाली कांग्रेसको चुनाव लक्षित गीत सार्वजनिक कार्यक्रममा  प्रवक्ता महतले नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई लक्षित गर्दै त्यस्तो भनेका हुन् ।

‘अहिले राष्ट्रिय स्तरमा मनोरञ्जन चलिरहेको छ । अब त महानगरमा पनि सुरु भएको छ । मनोरञ्जन गराउने काम कलाकारहरूको हो । त्यो उहाँहरूलाई छाडदिउँ । हाम्रो काम जनताको सेवामा हो । त्यसमा सिरियस भएर लागौँ” नेता महतले भने । उनले आफूहरूले प्रचार गर्न नजानेको बताए ।

‘हामी कांग्रेसीले काम त गर्छौं तर प्रचार गर्न जान्दैनौँ । तर, उहाँहरू प्रचारमा निकै पोख्त हुनुहुन्छ । निकै प्रचार गर्नु हुन्छ तर त्यो अनुसार काम हुँदैन । भन्न सजिलो छ, काम गर्न निकै गाह्रो’ उनले भने ।

जनतालाई झुटा आश्वासन बाँडेर बटुलेको मतको इज्जत गर्न नसकेको आरोप लगाउँदै नेता महतले अहंकार र मै हुँ भन्ने मानसिकताले देश अगाडि नबढ्ने बताए ।

नेता महतले भने, ‘उहाँको अहंकारले उहाँकै पार्टीभित्र विद्रोह भयो । त्यसपछि नेपालमा कांग्रेसको माग भएपछि नेतृत्व लिएका हौँ । कोरोना भाइरसको महामारीले उत्पन्न परिस्थितिलाई विस्तारै सहज बनाएका छौँ । उद्योग खुलेका छन्, सबैले खोप लगाएका छन् । सहज परिस्थिति बनाउदै छौँ।’

उनले देश श्रीलंकाको बाटोमा गइरहेको अवस्थामा कांग्रेसले त्यसलाई विस्तारै रोकेको बताए ।

‘ओलीजीको सरकारका बेला देशमा ऋण माथि ऋण भयो । प्रधानमन्त्री स्वरोजगार कार्यक्रमकै नाममा १९ अर्ब ऋण लिएर नजिकका लाई बाँडियो । त्यस्ता दुरुपयोगको शृंखला अहिले रोकिएको छ । नेपाली कांग्रेसको नेतृत्व आउने बितिकै अन्तर्राष्ट्रियस्तरमा विश्वसनीयता बढेको छ । नेपालमा पनि विश्वसनीयता बढेको छ ‘ नेता महतले भने ।

उनले नेपाली जनताले ओलीजीको रवैया हेरिसकेकाले अब नेपाली कांग्रेसलाई मत दिनेमा आफू विश्वस्त रहेको बताए ।

यसका साथै उनले आउँदो दिनमा सम्पूर्ण क्षेत्रका व्यक्तिलाई समेटेर अगाडि बढ्नेसमेत बताए ।

नेता महतले भने, ‘हामी कलासँगै अन्य सम्पूर्ण क्षेत्रका व्यक्तित्वहरूलाई कांग्रेसमा जोड्न चाहन्छौँ । सबैको उचित सम्मान र उचित अवसर हुनेछ ।’

कार्यक्रममा वरिष्ठ अभिनेता नीर शाहसँगै केही दिन अगाडि मात्र नेपाली कांग्रेसमा प्रवेश गरेका कलाकार संघका अध्यक्ष रविन्द्र खड्का र अभिनेता भुवन केसी पनि उपस्थित थिए ।

कार्यक्रममा चुनावलाई लक्षित गरेर तयार पारिएको गीत जय नेपाल सबैको मुखमा…,गीत सार्वजनिक गरियो ।

सार्वजनिक गीतमा कृष्ण बिक र प्रिती आलेको स्वर रहेको छ । यसअघि हजुर मुसुक्कै गीत दर्शकमाझ ल्याएर चर्चा कमाएका कृष्णले यो चुनावी गीत पनि निकै मिठोसँग गाएका छन् ।

एक नारायण भण्डारीले रचना गरेको यो गीतमा संगीत पनि भण्डारीकै रहेको छ । बिजी आग्रीको निर्देशनमा तयार भएको गीतको कोरियाग्राफी कविराज गहतराजले गरेका हुन् । संजय लामाको छायाँकन रहेको गीतको भिडियोमा नेपाली कांग्रेससम्बद्ध विभिन्न कलाकार तथा भ्रातृ सँस्थाका पदाधिकारीहरूको अभिनय छ ।

प्रकाशित मिति : २३ बैशाख २०७९, शुक्रबार  ३ : ५३ बजे

जथाभावी सप्लिमेन्ट : अनावश्यक सेवनले मिर्गौला र युरिक एसिडको जोखिम

काठमाडौँ – पछिल्लो समय जिम जाने युवा हुन् वा ‘फिट’

मुग्लिन-नारायणगढ खण्डको तुइन खोलामा पहिरो : सडक खुलाउने प्रयास जारी

चितवन – नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत तुइन खोलामा ढुङ्गासहितको पहिरो खस्दा सडक

संसद्‌मा बहुमत हुँदाहुँदै किन अध्यादेश ? यस्तो छ कानुनमन्त्री गौतमको जवाफ

काठमाडौँ – सरकारले हालै जारी गरेका अध्यादेशलाई लिएर सडकदेखि सदनसम्म

रास्वपा सचिवालय बैठक बस्दै: महाधिवेशन कार्यविधि र विधान संशोधन मुख्य एजेन्डा

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आइतबार

कान्ति लोकपथमा पहिरो खस्यो: हेटौंडा-काठमाडौँ यातायात ठप्प

काठमाडौँ – ललितपुरको बागमती गाउँपालिका–४ पाङदुरमा पहिरो खसेपछि कान्ति लोकपथ