गृहिणीलाई मात्र होइन विधुर पुरुषका लागि पनि भत्ताको व्यवस्था गर्छु : सिर्जना सिंह | Khabarhub Khabarhub

गृहिणीलाई मात्र होइन विधुर पुरुषका लागि पनि भत्ताको व्यवस्था गर्छु : सिर्जना सिंह


२३ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसको तर्फबाट काठमाडौँ महानगरपालिकामा  मेयर पदकी उम्मेदवार सिर्जना सिंहले असुरक्षित रहेको काठमाडौँलाई सुरक्षित बनाउनु आफ्नो पहिलो प्राथमिकता रहेको बताएकी छन् ।

रत्नपार्क शान्तिबाटिकामा आयोजित पाँच दलीय गठबन्धनको चुनावीसभामा नेतृ सिंहले असुरक्षित रहेको काठमाडौँलाई सुरक्षित बनाएर ढुक्कले बस्न सक्ने वातावरण बनाउनु पहिलो प्राथमिकता रहेको बताएकी हुन् ।

काठमाडौँ महानगरमा फोहोरको समस्या, सडकको समस्या, बेराजगारीको समस्या रहेको भन्दै त्यसको समाधान गर्ने पनि बताइन् । युवाहरूका लागि विशेष योजना अघि सार्ने उनको प्रतिबद्धता छ ।

‘अहिलेसम्म युवाहरूले धेरै दिए । अब मैले जितेमा युवाहरूलाई दिनेछु । उनीहरूमा देखिएको बेरोजगारी समस्या समाधान गर्नेछु,’ सिंहले भनिन् ।

शिक्षाको गुणस्तर बढाउनतिर आफ्नो प्राथमिकता हुने बताइन् । ‘सरकारी विद्यालयमा पढ्दा शिक्षाको गुणस्तर एकदमै कमजोर देखिएको छ । यसलाई गुणस्तरीय बनाउन मेरो ध्यान हुनेछ,’ उनले भनिन् ।

गृहिणी महिलालाई विशेष भत्ताको व्यवस्था मात्र नभएर विधुर पुरुषहरूका लागि समेत भत्ताको व्यवस्था गर्ने उनको भनाइ छ । २४ सैँ घण्टा काठमाडौँका बजार खुल्ला गर्ने गरी पहल गर्नेसमेत उनले बताइन् ।

‘यसका लागि म एक्लैले सक्दिनँ । यसमा म त एउटा पात्र मात्र हुँ । यसमा विज्ञहरूसँग छलफल गरेर काठमाडौँको बजार क्षेत्र २४ घण्टा नै खुल्ला गराउनेछु,’ सिंहले भनिन् ।

काठमाडौँ सार्वजनिक स्थानमा सार्वजनिक शौचालय राख्नुका साथै निःशुल्क खानेपानीको व्यवस्था पनि गर्ने उनको भनाइ छ । काठमाडौँका मतदाताको शिर निहुरीने काम गर्न नदिने उनले प्रतिबद्धता जनाइन् ।

‘म महानगरमा कामका लागि आउने दाजुभाइ दिदिबहिनीको शिर निहुरिन दिने छैन । म काठमाडौँलाई महान घर जस्तो बनाएर राख्नेछु । यहाँ आउने सबैलाई राम्रोसँग सेवा प्रवाह गर्नेछु ।’ सिंहले भनिन् ।

प्रकाशित मिति : २३ बैशाख २०७९, शुक्रबार  ४ : ०८ बजे

रास्वपा छाडेका सन्तोष जनार्दनको अभियानमा जोडिने

काठमाडौं- रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी छाडेका पूर्वप्रमुख सचेतक सन्तोष

‘रुसी आक्रमणमा चार जनाको मृत्यु, शहरका विभिन्न भागमा भवन र संरचना नष्ट

किएभ– युक्रेनी अधिकारीहरूले जनाए अनुसार, राति किएभमाथि भएको रुसको आक्रमणमा

महाधिवेशनमा पछिल्लो राजनीतिक अवस्थाबारे छलफल हुनुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले

सन्तोष परियारले छाडे रास्वपा

काठमाडौं- रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका एकपछि अर्को नेताले

चौतारीका दुवै गणेशले भने : एमालेमा केपी ओलीको विकल्प छैन

काठमाडौं– प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डेले नेकपा (एमाले) का