अफगानिस्तानमा चरम खाद्य सङ्कट « Khabarhub

अफगानिस्तानमा चरम खाद्य सङ्कट


२३ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अफगानिस्तानमा चरम खाद्य सङ्कट देखिएको छ । त्यहाँ दुई करोड बीस लाखभन्दा बढी मानिसहरू गम्भीर भोकमरीबाट ग्रस्त छन् । यो जनसङ्ख्या देशको कुल जनसङ्ख्याको आधाभन्दा बढी हो ।

करिब ९७ प्रतिशतभन्दा बढी अफगानहरू खाद्यान्न अभावबाट प्रभावित रहेको पनि  संयुक्त राष्ट्रसंघले जनाएको छ । गत वर्ष अगस्टमा तालिबानले अफगानिस्तानको सत्ता नियन्त्रणमा लिएपछि जीवनयापन र खाद्यान्नको मूल्य अकासिएको छ ।  

अफगान अखबारको रिपोर्टले विश्व बैंकको प्रतिवेदनलाई उद्धृत गर्दै  तालिबानले सत्ता कब्जा गरेपछि अफगान जनताको आम्दानी लगभग एक तिहाइले घटेको देखाएको छ ।

मार्च २०२२ मा अफगानिस्तानमा संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रमले राजधानी काबुलमा ३  लाख ७६ हजार १ सय ३९ जना मानिसहरूलाई आर्थिक र खाद्य सहायता प्रदान गरेको देखाएको छ ।

विश्लेषकहरूले औँल्याएअनुसार धेरैजसो अफगानहरूका लागि पछिल्लो ईद उल–फित्र परिवारलाई यथेष्ट भोजनको व्यवस्था गर्नु सङ्घर्षपूर्ण रह्यो ।

तालिबानको इस्लामिक इमिरेट्स अफ अफगानिस्तान सरकारलाई अन्तर्राष्ट्रिय अर्थतन्त्रबाट अलग गरिएको छ । अगस्टमा काबुलको पतन र अमेरिकी सैनिक फिर्ता भएपछि अफगानिस्तानको तालिबान सरकार अन्तर्राष्ट्रिय अर्थतन्त्रबाट एक्लिएको छ ।

जसले गम्भीर आर्थिक सङ्कट, गरिबी र स्वास्थ्य सेवा लगायत आवश्यक सार्वजनिक सेवाहरूको पहुँच गुमाएको छ ।

प्रकाशित मिति : २३ बैशाख २०७९, शुक्रबार  ४ : ०४ बजे

निषेधित क्षेत्र घुमेका पर्यटकबाट बर्सेनि उठ्छ करोडौँ राजस्व

गण्डकी– अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने निषेधित क्षेत्रमा अनुमति लिएर भ्रमण

मालीमा सशस्त्र समूहको आक्रमणमा ५० जनाको मृत्यु

बामाको – मालीको उत्तरपूर्वी मेनाका क्षेत्रमा सशस्त्र समूहले गरेको आक्रमणमा

चीनमा पुटिन र सीसँग भेट्न तयार ट्रम्प, युक्रेन युद्धबारे छलफलको सङ्केत

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी महिना चीनमा रुसी

केन्द्रीय विद्युत् प्रसारण लाइन पुगेपछि फेरियो भोजपुरको दुर्गम गाउँको दैनिकी

भोजपुर– भोजपुरको टेम्केमैयुङ गाउँपालिका–६ का दुर्गम बस्तीमा केन्द्रीय विद्युत् प्रसारण लाइन

चार लाखभन्दा बढीका चोरीका गरगहनासहित महिला पक्राउ

वीरगञ्ज – चार लाख ११ हजार रुपैयाँ बराबरका चोरीका गरगहनासहित