अफगानिस्तानमा चरम खाद्य सङ्कट « Khabarhub

अफगानिस्तानमा चरम खाद्य सङ्कट


२३ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अफगानिस्तानमा चरम खाद्य सङ्कट देखिएको छ । त्यहाँ दुई करोड बीस लाखभन्दा बढी मानिसहरू गम्भीर भोकमरीबाट ग्रस्त छन् । यो जनसङ्ख्या देशको कुल जनसङ्ख्याको आधाभन्दा बढी हो ।

करिब ९७ प्रतिशतभन्दा बढी अफगानहरू खाद्यान्न अभावबाट प्रभावित रहेको पनि  संयुक्त राष्ट्रसंघले जनाएको छ । गत वर्ष अगस्टमा तालिबानले अफगानिस्तानको सत्ता नियन्त्रणमा लिएपछि जीवनयापन र खाद्यान्नको मूल्य अकासिएको छ ।  

अफगान अखबारको रिपोर्टले विश्व बैंकको प्रतिवेदनलाई उद्धृत गर्दै  तालिबानले सत्ता कब्जा गरेपछि अफगान जनताको आम्दानी लगभग एक तिहाइले घटेको देखाएको छ ।

मार्च २०२२ मा अफगानिस्तानमा संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रमले राजधानी काबुलमा ३  लाख ७६ हजार १ सय ३९ जना मानिसहरूलाई आर्थिक र खाद्य सहायता प्रदान गरेको देखाएको छ ।

विश्लेषकहरूले औँल्याएअनुसार धेरैजसो अफगानहरूका लागि पछिल्लो ईद उल–फित्र परिवारलाई यथेष्ट भोजनको व्यवस्था गर्नु सङ्घर्षपूर्ण रह्यो ।

तालिबानको इस्लामिक इमिरेट्स अफ अफगानिस्तान सरकारलाई अन्तर्राष्ट्रिय अर्थतन्त्रबाट अलग गरिएको छ । अगस्टमा काबुलको पतन र अमेरिकी सैनिक फिर्ता भएपछि अफगानिस्तानको तालिबान सरकार अन्तर्राष्ट्रिय अर्थतन्त्रबाट एक्लिएको छ ।

जसले गम्भीर आर्थिक सङ्कट, गरिबी र स्वास्थ्य सेवा लगायत आवश्यक सार्वजनिक सेवाहरूको पहुँच गुमाएको छ ।

प्रकाशित मिति : २३ बैशाख २०७९, शुक्रबार  ४ : ०४ बजे

कालीगण्डकीको कटानले फाइबर पोल बगाएपछि म्याग्दी, बागलुङ र मुस्ताङमा सञ्चार सेवा ठप्प

म्याग्दी : सहश्रधारामा कालीगण्डकी नदीको कटानले फाइबर पोल बगाएपछि धवलागिरिका

पहिरोले देशभरका सडक ठप्प : उपत्यका जोड्ने सात राजमार्ग अवरुद्ध

काठमाडौँ – अविरल वर्षाका कारण पहिरो खसेर अवरुद्ध बनेको पृथ्वी

बागलुङमा पहिरोको वितण्डा : दुई दिनमा १० जनाको मृत्यु, तनहुँमा २४ घरमा क्षति

बागलुङ : अविरल वर्षासँगै आएको पहिरोले बागलुङमा १० जनाको मृत्यु

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल असोज १२ गते सोमबार सन् २०२६