हाम्रो आफ्नो शक्ति नभएपछि धेरै ठाउँ ताकेका छैनौं : चित्रबहादुर केसी | Khabarhub Khabarhub

हाम्रो आफ्नो शक्ति नभएपछि धेरै ठाउँ ताकेका छैनौं : चित्रबहादुर केसी


२३ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीले आफ्नो पार्टीमाथि चौतर्फी आक्रमण भइरहेको बताएका छन् । काठमाडौँमा शुक्रबार आयोजित पाँच दलीय गठबन्धनको चुनावीसभालाई सम्बोधन गर्दै उनले सबैतिरबाट जनमोर्चामाथि आक्रमण भइरहेको बताए ।

आजभन्दा चार वर्षअघि वाम गठबन्धनमा समावेश भएको स्मरण गराउँदै उनले त्यो गठबन्धन टिक्न नसकेको बताए । ‘त्यो बेला हाम्रो समर्थन खेर गयो । झण्डै दुई तिहाइ बहुमत पाएर नेकपा एमाले र माओवादी मिलेर सरकार चलाए । तर, पछि त बहुमत प्राप्त सरकारका प्रधानमन्त्रीलाई त संसद् नै देख्नै नहुने समस्या भयो,’ केसीले भने ।

ओलीले संसद् विघटन गर्ने बेला नै जनमोर्चाले प्रतिगमनका विरुद्ध रहेको बताएको उनले स्मरण गराए । ‘त्यो बेला नै हामीले विज्ञप्ति जारी गरेर प्रतिगमन गठबन्धनका विरुद्धमा छौं भनेर विज्ञप्ति नै जारी गरेको थियौं,’ केसीले भने, ‘जबसम्म वामपन्थी र प्रजातान्त्रिक शक्तिहरू एक भएनन्, प्रतिगमन बलियो बनिरह्यो ।’

अध्यक्ष केसीले अहिले प्रतिगठनकारीहरूले पाँच दलीय गठबन्धन अपवित्र भन्दै गाली गर्दै हिँडेको बताए । विगतमा गठबन्धन नगरेको भए प्रतिगमनले घुँडा नटेक्ने भन्दै उनले अहिलेको पाँच दलीय गठबन्धनभित्र समस्या रहेको बताए ।

‘पाँच दलभित्र प्रशस्तै विरोध छ । एक पार्टीभित्र त विरोध छ भने गठबन्धनमा हुनु स्वाभाविक हो,’ केसीले भने ।

गठबन्धनभित्रका अन्य दलले एमसीसी पास गराएपछि जनमोर्चा बाहिरिएको बताए । ‘एमसीसी पास गराउँदा हामीले गठबन्धनसँगको सहकार्य तोड्यौं । पछि चुनावको बेला फेरि एकजुट भयौं,’ केसीले भने ।

आफ्नो शक्तिअनुसार नै जनमोर्चाले स्थानीय तह निर्वाचनमा उम्मेदवार उठाएको बताए। ‘हामीले धेरै ठाउँ ताकेका छैनौँ । धेरै ठाउँमा उम्मेदवार उठाउन हाम्रो शक्ति पनि त हुनुपर्‍यो । के कुरा ढाँट्नु सत्य कुरा यही हो । हामीले सक्ने ठाउँमा उम्मेदवार उठाएका छौं, नसक्ने ठाउँमा अरुलाई सहयोग गर्छौं,’ केसीले भने ।

गठबन्धनभित्रका दलहरूले इमान्दारिताका साथ आफ्ना उम्मेदवारलाई जिताउनतिर लाग्नुपर्ने उनको भनाइ छ ।

प्रकाशित मिति : २३ बैशाख २०७९, शुक्रबार  ४ : ३३ बजे

भूमि ऐन संशोधन विधेयकमा जसपाको आपत्ति, दुवै सदनमा १० बुँदे संशोधन प्रस्ताव दर्ता

काठमाडौं– उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा), नेपालले ‘भूमिसम्बन्धी

‘एआई’ भविष्यको सपना मात्रै नभई वर्तमानको आवश्यकता हो : सभापति देउवा

पाटन– पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कृत्रिम बौद्धिकता

निजामती कर्मचारी ऐन संसद्को चालु अधिवेशनबाटै पारित हुन्छ : मन्त्री न्यौपाने

दमौली– सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले निजामती कर्मचारी

अज्ञात समूहद्वारा बङ्गलादेशमा अवामी लिगको मुख्यालय कब्जा गर्ने प्रयास

ढाका- ‘इन्टरनेसनल इन्स्टिच्युट अन फासिजम एन्ड जेनोसाइडको ब्यानरमा रहेको एउटा

आदिवासीको उत्थान गर्न आर्थिक समृद्धिको ढाँचा आवश्यक : महासचिव पोखरेल

काठमाडौं– नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले नेपालमा भएका आदिवासी