बर्दिबासमा भन्सार छलेर ल्याएको मलसहित एकजना पक्राउ « Khabarhub

बर्दिबासमा भन्सार छलेर ल्याएको मलसहित एकजना पक्राउ


२३ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी- महोत्तरीको बर्दिबासबाट अवैध भन्सार छलेर ल्याएको ५३ बोरा युरिया मल प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय बर्दिबासले बीपी राजमार्गको सडकखण्डमा चेकजाँच गर्ने क्रममा बिहीबार अवैध मलसहित गाडी नियन्त्रणमा लिएको हो ।

 सडकको दक्षिण तर्फबाट उतरतर्फ आउँदै गरेको प्र.२-०४-००१ च. ००३६ नम्बरको सेतो रङको योधा पिकअप गाडीलाई  चेकजाँच गर्दा उक्त भन्सार छलेर ल्याएको युरिया मलसहित एक जनालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ ।

 भन्सार छली गरे ल्याउने गाडी चालक बर्दिबास – ८ बस्ने ४० वर्षीय प्रेमबहादुर थापा पक्राउन परेका छन् ।  गाडीसहित ११ लाख ३७ हजार एक सय बराबरको भन्सार छली गरेको देखिएको इलाका प्रहरी कार्यालयका कार्यालय प्रमुख रवि रावलले जानकारी दिए ।

चालकसहित नियन्त्रणमा लिएको सम्पूर्ण सामान भन्सार कार्यालय जलेश्वर पठाइएको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ ।

प्रकाशित मिति : २३ बैशाख २०७९, शुक्रबार  ४ : ५७ बजे

आज पनि काठमाडौंसहित देशका अधिकांश स्थानमा वर्षा

काठमाडौं – आज पनि काठमाडौँसहित देशका अधिकांश स्थानमा वर्षा भएको

गौरीबहादुर कार्की निवासमा ठूलो सङ्ख्यामा प्रहरी परिचालन

काठमाडौं – भदौ २३ र २४ गते भएका घटनाको छानबिनका

युक्रेनी ड्रोन प्रतिरोधी प्रणालीमा आक्रमण भएको छैन : युक्रेन

किएभ – शनिबार तेहरानले अमेरिकी सेनालाई सहयोग गर्न प्रयोग गरिएको

गौरीबहादुर कार्कीलाई सेनाको ब्यारेकमा राख्ने तयारी

काठमाडौं- भदौ २३ र २४ गते भएका घटनाको छानबिनका लागि