भारतमा पछिल्लो २४ घण्टामा ३ हजार ५ सय भन्दा धेरै सङ्क्रमित « Khabarhub

भारतमा पछिल्लो २४ घण्टामा ३ हजार ५ सय भन्दा धेरै सङ्क्रमित


२३ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतमा पछिल्लो २४ घण्टाको समयावधिमा ३ हजार ५ सय ४५ व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ ।

यससँगै त्यहाँ कुल सङ्क्रमतिको सङ्ख्या चार करोड ३० लाख ९४ हजार ९३८ जना पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले शुक्रबार जानकारी दिएको छ ।

विगत केही महिनायता न्यून विन्दुमा पुगेको कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या पुनः केही दिनयता बढ्न थालेको छ । नयाँ सङ्क्रमितमध्ये १ हजार ३ सय ६५ राष्ट्रिय राजधानी दिल्लीका रहेका समाचारमा जनाइएको छ ।

हाल राजधानीमा पाँच हजार ७५६ सक्रिय सङ्क्रमित रहेका पनि बताइएको छ ।

यसका साथै २४ घण्टाको समयमा महामारीका कारण थप २७ को मृत्यु भएपछि देशभर कोरोनाबाट मृत्यु हुने व्यक्तिको सङ्ख्या ५ लाख २४ हजार २ पुगेको छ ।

भारतभर अझै पनि सक्रिय सङ्क्रमित १९ हजार ६ सय ८८ रहेका पनि मन्त्रालयले जानकारी दिएको छ । भारतमा केही महिनायताबाट सक्रिय सङ्क्रमित घट्ने क्रम जारी रहेको थियो । तर केही हप्तायताबाट सक्रिय सङ्क्रमति बढेको पाइएको छ ।

२४ घण्टाको अवधिमा ३ हजार ५ सय ४९ जना कोरोनाबाट निको भएका छन् । यसैसँगै हालसम्म चार करोड २५ लाख ५१ हजार २५८ जना सफलतापूर्वक कोरोना सङ्क्रमण निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

प्रकाशित मिति : २३ बैशाख २०७९, शुक्रबार  ६ : १३ बजे

कालीगण्डकीको कटानले फाइबर पोल बगाएपछि म्याग्दी, बागलुङ र मुस्ताङमा सञ्चार सेवा ठप्प

म्याग्दी : सहश्रधारामा कालीगण्डकी नदीको कटानले फाइबर पोल बगाएपछि धवलागिरिका

पहिरोले देशभरका सडक ठप्प : उपत्यका जोड्ने सात राजमार्ग अवरुद्ध

काठमाडौँ – अविरल वर्षाका कारण पहिरो खसेर अवरुद्ध बनेको पृथ्वी

बागलुङमा पहिरोको वितण्डा : दुई दिनमा १० जनाको मृत्यु, तनहुँमा २४ घरमा क्षति

बागलुङ : अविरल वर्षासँगै आएको पहिरोले बागलुङमा १० जनाको मृत्यु

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल असोज १२ गते सोमबार सन् २०२६