जोगिन्दरले बनाए कांग्रेसलाई भोट किन ? (भिडियो)  « Khabarhub

जोगिन्दरले बनाए कांग्रेसलाई भोट किन ? (भिडियो) 


२३ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आसन्न स्थानीय निर्वाचनलाई लक्षित गर्दै आफू आवद्ध भएको दललाई भोट माग्ने क्रममा कलाकारहरु पनि देखिएका छन् । ३० वैशाखको स्थानीय निर्वाचन नजिकिँदै गर्दा विभिन्न कलाकर्मीहरूले आफू नजिकका राजनीतिक दललाई सघाउने उद्देश्यले गीत संगीत तथा कमेडी सार्वजनिक गरिरहेका छन् ।

यस्तैमा चर्चित हास्यकलाकार शिवशंकर रिजाल ‘जोगिन्दर’ ले पनि नेपाली कांग्रेसलाई चुनावमा सघाउने उद्देश्यले ‘कांग्रेसमा भोट किन ?’ हास्य ब्यङ्ग्य ल्याएका छन् ।

नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल सांस्कृतिक संघका महामन्त्री समेत रहेका जोगिन्दरले रुखमा भोट हाल्न आग्रहदेखि कांग्रेसले पहिलेदेखि पछिल्लो समयसम्म गरेको कामको चर्चा समेत गरिएको छ । ७ मिनेट २२ सेकेन्डको हास्य ब्यङ्ग्यले कांग्रेसलाई चुनावमा सघाउने उद्देश्यले बनाएको बताए । ‘हामीले कांग्रेसलाई भोट हाल्ने आधारलाई भिडियो मार्फत प्रस्ट्याउने कोसिस गरेका हौँ । मैंले तयार परेको भिडियोले रुखमा नै भोट किन ? भन्ने प्रश्नको जवाफ दिन्छ’ जोगिन्दरले भने ।

उनी पछिल्लो समय टेलिभिजनमा नयाँ कमेडी सो  ‘जोगिन्दर मुखियाजी’ मार्फत चर्चामा छन् । 

प्रकाशित मिति : २३ बैशाख २०७९, शुक्रबार  ७ : ३४ बजे

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना

कागजमा विद्यालय देखाएर साढे सात लाख झ्वाम पार्ने पूर्वमन्त्री भ्रष्टाचारी ठहर

काठमाडौँ- कागजमा मात्रै विद्यालय देखाएर सरकारी रकम भुक्तानी लिएको अभियोगमा

काठमाडौं उपत्यकामा क्रिसमस इभको रौनक (तस्बिरहरू)

काठमाडौं – काठमाडौं उपत्यकामा क्रिसमस इभको रौनक बढेको छ ।

लगानी वृद्धि गराउन सरकार प्रयासरत छ : अर्थमन्त्री खनाल

विराटनगर –अर्थमन्त्री रामेश्वर खनालले उद्योग र व्यापारका क्षेत्रमा लगानी वृद्धि

अधिकृत महमद शेरे मुस्तफासहित तीन जनाविरुद्ध आरोपपत्र दायर

पर्सा – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको बहुदरमाई नगरपालिकाका तत्कालीन