सिड्नीमा ‘कबड्डी ४ : द फाइनल म्याच’  « Khabarhub

सिड्नीमा ‘कबड्डी ४ : द फाइनल म्याच’ 


२३ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पछिल्लो समय प्रवासमा नेपाली फिल्मको बजार विस्तार हुने क्रम बढ्न थालेको छ । प्रवासमा रहेर नेपाली फिल्मको प्रदर्शनमा लागि पर्ने उत्साही युवाहरूले  विदेशमा नेपाली फिल्मले बलियो उपस्थिति जनाइरहेको छ । नेपाल पश्चात नेपाली फिल्मको राम्रो बजार मानिने अष्ट्रेलियामा ‘कबड्डी ४ : द फाइनल म्याच’ को प्रदर्शन हुने भएको छ  ।

‘कबड्डी ४’ सिड्नीको इभेन्ट सिनेमा हल बरूउडमा मे २७ र २८ र सिड्नीकै हर्सभिलको इभेन्ट सिनेमा हलमा मे २९ र ३० तारेखका दिन प्रदर्शन हुने जानकारी गराएका छन् । कबड्डीको प्रत्येक सिरिजले अष्ट्रेलियामा राम्रो दर्शक पाइरहेको छ । यसले पनि राम्रो व्यापार गर्ने अष्ट्रेलिया राइट्स लिएका रोशन भट्टराईले बताए । ‘हामीले कबड्डी देखि नै फिल्म देखाइरहेका छौं । दर्शकको डिमाण्डसँगै कबड्डी सिरिजले नेपाली फिल्मको बजार समेत बढाउन मदत गरेको छ’ भट्टराईले भने ।

रामबाबु गुरुङ निर्देशित फिल्ममा दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर, विजय बराल, बुद्धि तामाङ, अरुण कार्की लगायतको अभिनय रहेको छ ।

प्रकाशित मिति : २३ बैशाख २०७९, शुक्रबार  ७ : ४१ बजे

सेजन सदस्यलाई ७ लाख बराबरको स्वास्थ्य तथा दुर्घटना बिमा सुविधा, अस्पताल भर्ना हुने बित्तिकै कभर हुने

काठमाडौं– नेपाल आर्थिक पत्रकार समाज (सेजन)  संस्थामा आबद्ध आफ्ना सम्पूर्ण

पर्वतमा एक लाख २५ हजार ४६६ मतदाता कायम

पर्वत– आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि

सिन्धुपाल्चोकका सबै स्थानीय तहमा राप्रपाको अधिवेशन सम्पन्न

चौतारा– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सिन्धुपाल्चोकका सबै १२ स्थानीय तहको

चौदण्डीगढीको सातधारेमा निःशुल्क आँखा शल्यक्रिया सेवा शिविर

गाईघाट– यहाँको चौदण्डीगढी नगरपालिका–६ स्थित सातधारेमा निःशुल्क तीनदिने आँखा शल्यक्रिया

स्याङ्जा २ मा रास्वपाबाट पौडेलसहित गुरुङ र डुम्रेको चर्चा

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि स्याङ्जाको