गठबन्धनले एमालेलाई गाली गर्नु बाहेक कुनै काम गरेको छैनः ओली « Khabarhub

गठबन्धनले एमालेलाई गाली गर्नु बाहेक कुनै काम गरेको छैनः ओली


२३ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रौतहट– नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपीशर्मा ओलीले गठबन्धनले स्थानीय तहको निर्वाचनमा एमालेलाई कमजोर पार्न नसक्ने जिकिर गरेका छन् ।

रौतहट सदरमुकाम गौरमा आज आयोजित चुनावीसभामा अध्यक्ष ओलीले एमालेको नेतृत्वमा सरकार गठन भएदेखि गठबन्धनले एमालेलाई गाली गर्नु बाहेक कुनै काम नगरेको आरोप लगाएका छन् ।

उनले रौतहटको विकासलाई पछाडि पार्न पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल बाधक बनेको पनि आरोप लगाए ।

रौतहटसँग आफ्नो भावनात्मक र प्रत्यक्ष सम्बन्ध रहेको उल्लेख गर्दै अध्यक्ष ओलीले जिल्लाको विकासमा आफूले महत्वपूर्ण योगदान दिएको दाबीसमेत गरे ।

सभामा एमाले स्थायी समिति सदस्य प्रभु साहले एमालेले मात्रै मधेशको विकास गर्न सक्ने जिकिर गरे ।

मधेश प्रदेश सरकारले सङ्घीयता र समावेशीताको आधारमा केही गर्न नसकेको आरोप लगाउँदै उनले एमालेको नेतृत्वमा देश र मधेश समृद्ध हुने दाबी गरे ।

आजै अध्यक्ष ओलीले एमालेद्वारा रौतहटको चन्द्रनिगाहपुरमा आयोजित चुनावीसभासमेतलाई सम्बोधन गरेका थिए ।

प्रकाशित मिति : २३ बैशाख २०७९, शुक्रबार  ९ : ०५ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु