पूर्णेन्दुको भोजपुरी भिडियोमा विजय र रचना « Khabarhub

पूर्णेन्दुको भोजपुरी भिडियोमा विजय र रचना


२३ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– निर्देशक पूर्णेन्दु झा रिजनल भाषामा म्युजिक भिडियो बनाउने तयारीमा देखिएका छन् । उनले यसको सुरुवात भोजपुरी फिल्म निर्देशन गर्दै थालेका छन् । फिल्म निर्देशनमै व्यस्त रहेका निर्देशक झाले तेस्रो पटक निर्देशन गरेको भिडियो मनजीत भोजपुरी भाषाको गीतको रहेको छ । ‘मैले रिजनल भाषा अनुसार काम गर्ने सोच बनाएर भोजपुरी भाषाको निर्देशन गरेको हुँ । अब मैथिली, अवधि लगायतका भाषाको गीतसङ्गीतको पनि भिडियो तयार गर्ने सोच छु’ निर्देशक झाले भने । No description available.पूर्णेन्दु प्रोडक्सन मार्फत सार्वजनिक गरिएको गीतलाई चन्दुज प्रोडक्सनले तयार गरेको हो ।  उनले रिजनल गीत तथा भिडियोको लागि चन्दुज प्रोडक्सनलाई प्रयोग गरिरहेको बताएका छन् ।  ‘मेरो सोचले लुकेका विभिन्न प्रतिभासँगै विभिन्न संस्कृतिलाई पनि अगाडि ल्याउन मदत गर्छु निर्देशक झाले भने ।  उनले भिडियोसंगै फिल्मको तयारी समेत गरिरहेको बताए ।  ‘फिल्मको तयारी पनि भइरहेको छ ।  तर , अहिले भिडियोको कामलाई अगाडि बढाएको छु’ उनले भने ।  

सार्वजनिक गीतमा विजय यादव (निरबीज) को शब्द र संगीत रहेको छ भने यसलाई विजयले पामेला जैनसँग मिलेर गाएका छन् ।  गीतमा विजयसँगै  रचना शिवाकोटी फिचर्ड छन् ।  यो दुईलाई भोजपुरी संस्कृतिमा ढलेर गीतमा देखाइएको छ ।  गीतलाई आलोक शुक्लाले छायांकन गरेका हुन् भने यसमा कमल राईको नृत्य निर्देशन रहेको छ ।  भिडियोमा चन्दन दत्तको सम्पादन तथा कलर रहेको छ ।  

पोलिटिकल थ्रिलर जनरामा बनाइएको ‘संरक्षण’ मा मार्फत निर्देशनमा डेब्यु गरेका निर्देशक झाले दोस्रो फिल्मको रुपमा कमेडी ‘चौका दाउ’ निर्देशन गरेका थिए ।  फिल्मको लागि भने यिनले विदेशी कम्पनीसँग सहकार्यको तयारी गरिरहेका छन् ।  

प्रकाशित मिति : २३ जेठ २०७९, सोमबार  ६ : १० बजे

सर्लाहीमा दादुरा सङ्क्रमण फैलियो

सर्लाही – मलङ्गवा नगरपालिका-३ मा दादुरा रोगको सङ्क्रमण फैलिएको छ।

प्रतिनिधिसभा निर्वाचन ३९ दिन बाँकी

काठमाडौं – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

राष्ट्रियसभा सदस्य निर्वाचनः आज सातै प्रदेशमा मतदान हुँदै

काठमाडौं – राष्ट्रियसभामा २०८२ फागुन २० गतेदेखि रिक्त हुने १८

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल माघ ११ गते आइतबार माघ