पूर्णेन्दुको भोजपुरी भिडियोमा विजय र रचना « Khabarhub

पूर्णेन्दुको भोजपुरी भिडियोमा विजय र रचना


२३ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– निर्देशक पूर्णेन्दु झा रिजनल भाषामा म्युजिक भिडियो बनाउने तयारीमा देखिएका छन् । उनले यसको सुरुवात भोजपुरी फिल्म निर्देशन गर्दै थालेका छन् । फिल्म निर्देशनमै व्यस्त रहेका निर्देशक झाले तेस्रो पटक निर्देशन गरेको भिडियो मनजीत भोजपुरी भाषाको गीतको रहेको छ । ‘मैले रिजनल भाषा अनुसार काम गर्ने सोच बनाएर भोजपुरी भाषाको निर्देशन गरेको हुँ । अब मैथिली, अवधि लगायतका भाषाको गीतसङ्गीतको पनि भिडियो तयार गर्ने सोच छु’ निर्देशक झाले भने । No description available.पूर्णेन्दु प्रोडक्सन मार्फत सार्वजनिक गरिएको गीतलाई चन्दुज प्रोडक्सनले तयार गरेको हो ।  उनले रिजनल गीत तथा भिडियोको लागि चन्दुज प्रोडक्सनलाई प्रयोग गरिरहेको बताएका छन् ।  ‘मेरो सोचले लुकेका विभिन्न प्रतिभासँगै विभिन्न संस्कृतिलाई पनि अगाडि ल्याउन मदत गर्छु निर्देशक झाले भने ।  उनले भिडियोसंगै फिल्मको तयारी समेत गरिरहेको बताए ।  ‘फिल्मको तयारी पनि भइरहेको छ ।  तर , अहिले भिडियोको कामलाई अगाडि बढाएको छु’ उनले भने ।  

सार्वजनिक गीतमा विजय यादव (निरबीज) को शब्द र संगीत रहेको छ भने यसलाई विजयले पामेला जैनसँग मिलेर गाएका छन् ।  गीतमा विजयसँगै  रचना शिवाकोटी फिचर्ड छन् ।  यो दुईलाई भोजपुरी संस्कृतिमा ढलेर गीतमा देखाइएको छ ।  गीतलाई आलोक शुक्लाले छायांकन गरेका हुन् भने यसमा कमल राईको नृत्य निर्देशन रहेको छ ।  भिडियोमा चन्दन दत्तको सम्पादन तथा कलर रहेको छ ।  

पोलिटिकल थ्रिलर जनरामा बनाइएको ‘संरक्षण’ मा मार्फत निर्देशनमा डेब्यु गरेका निर्देशक झाले दोस्रो फिल्मको रुपमा कमेडी ‘चौका दाउ’ निर्देशन गरेका थिए ।  फिल्मको लागि भने यिनले विदेशी कम्पनीसँग सहकार्यको तयारी गरिरहेका छन् ।  

प्रकाशित मिति : २३ जेठ २०७९, सोमबार  ६ : १० बजे

क्षतिग्रस्त बेनी-जोमसोम खण्डमा अस्थायी मार्ग निर्माण

म्याग्दी– कालीगण्डकी नदीको कटान र पहिरोले क्षतिग्रस्त बेनी-जोमसोम सडकमा अस्थायी मार्ग

बूढीगण्डकी बाढी : मनास्लु हिँडेका पर्यटक बीचैमा रोकिए

गण्डकी– बुढीगण्डकी नदीमा आज बिहान गएको बाढीले पदमार्गमा क्षति पुर्‍याउँदा गोरखाको

क्यानडाविरुद्ध सन्दीपले दिलाए नेपाललाई लगातार दुई सफलता

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग–२ अन्तर्गत क्यानडा विरुद्धको खेलमा नेपालले

बिपी राजमार्ग : पुनर्निर्मित सडकबाटै आवागमन, दसैँमा थप सहज

काभ्रेपलाञ्चोक– दुई वर्षअघिको बाढीपहिरोले क्षतिग्रस्त काभ्रेपलाञ्चोकतर्फको बिपी राजमार्गमा हाल पुनर्निर्मित सडकबाटै

सुदूरपश्चिम सरकारद्वारा ३७ अर्ब ७० करोडको बजेट सार्वजनिक

काठमाडौं– राजनीतिक उतारचढाव र बजेट शून्यताका कारण लामो समयदेखि अन्योलमा