नाइजेरियामा क्याथोलिक चर्चमा बन्दुकधारीले आक्रमण गर्दा ५० जनाको मृत्यु | Khabarhub Khabarhub

नाइजेरियामा क्याथोलिक चर्चमा बन्दुकधारीले आक्रमण गर्दा ५० जनाको मृत्यु


२३ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अफ्रिकी मुलुक नाइजेरियाको दक्षिणपश्चिममा रहेको क्याथोलिक चर्चमा बन्दुकधारीहरुले आक्रमण गर्दा ५० जनाको मृत्यु भएको छ । बन्दुकधारीको आक्रमणमा बालबालिकासहित कम्तीमा ५० जनाको ज्यान गएको कतारी टेलिभिजन च्यानल अल जजीराको अनलाइन संस्करणले जनाएको छ ।

नाइजेरियाको सामान्यतया सुरक्षित मानिएको दक्षिणपश्चिममा अवस्थित ओवो शहरको सेन्ट फ्रान्सिस जेभियर क्याथोलिक चर्चमा आक्रमण भएको हो । आक्रमणमा नाइजेरियाको उत्तरमा आश्रयस्थल बनाउँदै आएको जिहादी समूहको हात रहेको अनुमान गरिएको छ ।

यस्ता उग्रवादी समूहले सो क्षेत्रमा पटक पटक सर्वसाधारणलाई समेत क्षति पुग्नेगरी आक्रमण गर्ने गरेको सरकारी अधिकारीहरूले बताएका छन् । यद्यपि हालसम्म आक्रमणको जिम्मेवारी कुनै समुहले लिएको छैन ।

राज्यको गभर्नर कार्यालयका प्रवक्ता रिचार्ड ओलाटुन्डेले अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीलाई बताएअनुसार चर्चमा उपस्थित मानिसलाई लक्षित गरी अन्धाधुन्ध गोली चलाएका थिए । आक्रमणअघि चर्चभित्र एउटा सानो विस्फोटको आवाज सुनिएको प्रत्यक्षदर्शीले बताएका छन् ।

उपराष्ट्रपति यमी ओसिनबाजो केही घाइतेलाई भेट्न पुगेका एएफपीले जनाएको छ ।

राज्य सरकारले घटनामा ज्यान गुमाएका व्यक्तिहरूको सम्मानमा सात दिने शोकको घोषणा गरेको छ । नाइजेरियाको मेडिकल एसोसिएसन (एनएमए) ले पनि स्थानीयहरुलाई घाइतेका लागि रक्तदान गर्न अपिल गरेको थियो ।

एक जना प्रत्यक्षदर्शीले एएफपीसँग चर्चको परिसरमा कम्तीमा पनि पाँच जना बन्दुकधारी देखेको बताए ।

आफ्नो नाउँ अबायोमी बताउने उनले एएफपीलाई भने, ‘चर्चभित्र ठूलो विस्फोट र गोली हानाहान भएको सुन्दा म नजिकैबाट गन्तव्यतिर लम्किरहेको थिएँ । आक्रमण सुनेपछि चर्चमा पुग्दा त्यहाँ सुरक्षाकर्मी पुगेको र घटनास्थललाई घेरा हाली आक्रमणकारीको खोजी भइरहेको थियो ।’

घटनापछि आक्रमणकारी त्यहाँबाट फरार भएको बताइएको छ ।

प्रकाशित मिति : २३ जेठ २०७९, सोमबार  ८ : १६ बजे

आज गणेशमान सिंहको २८औँ स्मृति दिवस मनाइँदै

काठमाडौं– विसं २०४६ सालमा प्रजातन्त्र पुनःस्थापनाका लागि भएको जनआन्दोलनका सर्वोच्च

दुई महिनामा ३९ अर्ब १५ करोड राजस्व सङ्कलन

पर्सा– वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको दुई महिनामा ३९

नेपाल र वेस्ट इन्डिज सिरिज रोमाञ्चक हुने स्टार क्रिकेटर बिशोपको भनाइ

काठमाडौं – नेपाल र वेस्ट इन्डिजबीचको सिरिजको पूर्व स्टार क्रिकेटर

चाडपर्व छाडेर काम खोज्न भारत जानेको लर्को

कञ्चनपुर– हिन्दू नेपालीहरूको महान् चाड दसैँ आउन एक साता मात्रै

धार्मिक तथा सांस्कृतिक सम्पदाहरुको जगेर्ना जरुरी

भोजपुर– १८७२ सालमा तत्कालीन राजा गीर्वाणयुद्ध विक्रम शाहको पालामा नेपालमै