नेकमा आर्किटेक्चर मोडेल प्रदर्शन « Khabarhub

नेकमा आर्किटेक्चर मोडेल प्रदर्शन


२२ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – नेपाल इन्जिनियरिङ कलेज (नेक) दुवाकोट चाँगुनारायण भक्तपुरमा आर्किटेक्चरका दोस्रो वर्षका विद्यार्थीहरूले बनाएको मोडेलहरूको प्रदर्शनी मंगलबार सम्पन्न भएको छ ।

घरको डिजाईन कागजमा मात्र नकोरी तीनवटै आयाम सहितको घरको भौतिक मोडेल बनाउने कलाको आर्किटेक्चर विधामा विशेष महत्व रहन्छ ।

जम्मा ४८ जना पिद्यार्थीहरूलाई १६ वटा समूहमा विभाजन गरी प्रत्येक समूहले मोडेलमा छुट्टै आफ्नोपन देखाउन सक्नुपर्ने प्रावधान अनुरूप सबै समूहले आआफ्नै ढंगले मोडेल बनाएका थिए ।

मोडेल प्रदर्शनीमा कलेजका प्राचार्य प्रा.डा. हरिकृष्ण श्रेष्ठले राखेका जिज्ञासाको उत्तरमा विद्यार्थी समूहहरूले मोडेल बनाउन लगभग एक हप्ता लागेको तथा मोडेल बनाउने क्रममा समूहमा काम गर्ने सिप तथा समय व्यवस्थापन गर्ने सिप विकास भएको जानकारी दिए ।

सबै समूहलाई एउटै परिवेशमा आ-आफ्ने मौलिकता झल्किने मोडेल बनाउने जिम्मा दिइएको थियो । यस प्रकारको कृयाकलापबाट विद्यार्थीहरूमा व्यवहारिक सिप विकास हुने विश्वास आर्किटेक्चर कार्यक्रममा विभागीय प्रमुख सहप्राध्यापक न्हसला सायमीले व्यक्त गरिन् ।

प्रकाशित मिति : २२ असार २०७९, बुधबार  ६ : ०९ बजे

बजारको पहुँच किसानलाई समस्या 

भोजपुर– भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको दूध बजारसम्म पुर्‍याउन समस्या भइरहेको

उपराष्ट्रपति यादवबाट क्रिसमस पर्वको शुभकामना 

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले क्रिसमस पर्व (क्रिसमस डे)– २०२५ को

त्रिभुवन विश्वविद्यालयले आज ५१औँ दीक्षान्त समारोह गर्दै

कीर्तिपुर– त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आज ५१औँ दीक्षान्त समारोह गर्दैछ

१४ वर्षीय सूर्यवंशीले ३६ बलमै बनाए शतकको रेकर्ड

काठमाडौं – भारतका १४ वर्षीय जादुमयी ब्याटर वैभव सूर्यवंशीले ३९

आजको मौसम : तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल