नेकमा आर्किटेक्चर मोडेल प्रदर्शन « Khabarhub

नेकमा आर्किटेक्चर मोडेल प्रदर्शन


२२ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – नेपाल इन्जिनियरिङ कलेज (नेक) दुवाकोट चाँगुनारायण भक्तपुरमा आर्किटेक्चरका दोस्रो वर्षका विद्यार्थीहरूले बनाएको मोडेलहरूको प्रदर्शनी मंगलबार सम्पन्न भएको छ ।

घरको डिजाईन कागजमा मात्र नकोरी तीनवटै आयाम सहितको घरको भौतिक मोडेल बनाउने कलाको आर्किटेक्चर विधामा विशेष महत्व रहन्छ ।

जम्मा ४८ जना पिद्यार्थीहरूलाई १६ वटा समूहमा विभाजन गरी प्रत्येक समूहले मोडेलमा छुट्टै आफ्नोपन देखाउन सक्नुपर्ने प्रावधान अनुरूप सबै समूहले आआफ्नै ढंगले मोडेल बनाएका थिए ।

मोडेल प्रदर्शनीमा कलेजका प्राचार्य प्रा.डा. हरिकृष्ण श्रेष्ठले राखेका जिज्ञासाको उत्तरमा विद्यार्थी समूहहरूले मोडेल बनाउन लगभग एक हप्ता लागेको तथा मोडेल बनाउने क्रममा समूहमा काम गर्ने सिप तथा समय व्यवस्थापन गर्ने सिप विकास भएको जानकारी दिए ।

सबै समूहलाई एउटै परिवेशमा आ-आफ्ने मौलिकता झल्किने मोडेल बनाउने जिम्मा दिइएको थियो । यस प्रकारको कृयाकलापबाट विद्यार्थीहरूमा व्यवहारिक सिप विकास हुने विश्वास आर्किटेक्चर कार्यक्रममा विभागीय प्रमुख सहप्राध्यापक न्हसला सायमीले व्यक्त गरिन् ।

प्रकाशित मिति : २२ असार २०७९, बुधबार  ६ : ०९ बजे

दक्षिणकालीमा कार पल्टिँदा चालकको मृत्यु

काठमाडौं – काठमाडौं दक्षिणकाली नगरपालिका(८ चुत्राघारी पानीघाटस्थित सडकमा आज एउटा

जेनजी आन्दोलनका क्रममा फरार एक जना कैदी पक्राउ

बैतडी – गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार

शंकरको प्रेमको जीतमा अश्विनी र आर्यनको अभिनय

काठमाडौँ- गायक शंकर श्रेष्ठ, विषम आचार्य र गायिका अविज्ञा घिमिरेको

आइतबार पनि ओपीडी सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ कार्यविधि तयार नभएसम्म उपलब्ध

गृहमन्त्री गुरुङद्वारा निर्माणाधीन राजमार्गको स्थलगत अवलोकन

लुम्बिनी – गृहमन्त्री सुधन गुरुङले पूर्वपश्चिम राजमार्गअन्तर्गत निर्माणाधीन बुटवल(गैँडाकोट राजमार्गको