माओवादी केन्द्रको बैठक आज, पदाधिकारी टुंग्याउने तयारी « Khabarhub

माओवादी केन्द्रको बैठक आज, पदाधिकारी टुंग्याउने तयारी


२२ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बस्ने भएको छ । बैठक दिउँसो १ बजे सुरु हुनेछ ।

मंगलबारका लागि तय भएको बैठक पदाधिकारी टुंगाउनका लागि आन्तरिक गृहकार्य भन्दै स्थगित गरिएको थियो ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा मंगलबार दिनभर आन्तरिक छलफल गरेको माओवादीले आजको बैठकमार्फत पदाधिकारीसहितको विषय टुंग्याउने तयारी गरेको छ।

पूर्व स्थायी कमिटी र इन्चार्जहरूको बैठकले पार्टीको पोलिट्ब्यूरो, स्थायी कमिटी र पदाधिकारीको नाम प्रस्ताव गर्ने जिम्मा अध्यक्ष प्रचण्डलाई दिएपछि आज त्यसअनुसार अध्यक्षले बैठकमा पेस गर्ने नेता दिनानाथ शर्माले जानकारी दिएका छन् ।

विधान अनुसार माओवादीमा एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक कोषाध्यक्ष रहने व्यवस्था छ । आजको बैठकमा अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले उठाएका प्रश्नको जवाफ दिने तयारीसमेत छ ।

प्रज्ञा भवनमा आइतबार सुरु भएको बैठकमा नेताहरुले बैठक लम्ब्याएर भए पनि पदाधिकारी चयन टुंग्याउनु पर्नेमा जोड दिइरहेका छन् ।

गत पुसमा महाधिवेशन भए पनि माओवादीमा अध्यक्षबाहेक अन्य पदाधिकारी चयन हुन सकेको छैन ।

प्रकाशित मिति : २२ असार २०७९, बुधबार  ७ : १७ बजे

सात लाख ३२ हजार नागरिक स्वास्थ्य बीमामा आबद्ध

सुदूरपश्चिम– सुदूरपश्चिममा सात लाख ३२ हजारभन्दा बढी नागरिक स्वास्थ्य बीमा

हेटौँडा–ढल्केबर ४०० केभी प्रसारण लाइनको काम तत्काल सक्न निर्देशन

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले हेटौँडा–ढल्केबर

कांग्रेस महाधिवेशनमा १८ नयाँ अभ्यास, युवादेखि ‘ल्याटरल इन्ट्री’सम्म

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन यसअघिका महाधिवेशनभन्दा केही पक्षमा फरक

जितिया पर्वको निराहार व्रत समापन

जनकपुर– सन्तानको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामनासहित महिलाले मनाउने जितिया

तनहुँका दुई हजार पाँचसय बढी किशोरीलाई एचपीभी खोप

तनहुँ– तनहुँका दुई हजार ५४८ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी