कर्णाली प्रदेशसभाको बैठक भोलि बस्ने « Khabarhub

कर्णाली प्रदेशसभाको बैठक भोलि बस्ने


२२ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – असार १२ गतेदेखि स्थगित कर्णाली प्रदेशसभाको बैठक भोलि बस्ने भएको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले असार १२ गते बसेको कर्णाली प्रदेशसभाको दशौँ अधिवेशनको १८औँ प्रदेशसभा बैठक अवरोध गरे यता बैठक बस्न सकेको थिएन ।

सभामुख राजबहादुर शाहीले बैठक सञ्चालनका लागि सत्ता साझेदार दलका नेता र प्रतिपक्षी दलबीच पटक–पटक बैठक बसाउँदा पनि सहमति जुट्न नसकेको हो । ‘प्रमुख प्रतिपक्षी एमालेले मुख्यमन्त्री रोजगार कार्यक्रम कार्याविधिअनुसार लागू गर्नुपर्ने, निर्वाचन क्षेत्र विशेष कार्यक्रमको निष्पक्षताका आधारमा दिनुपर्ने, रु १५ लाख बजेटभन्दा मुनिका योजना स्थानीय तहमा पठाउनुपर्ने माग सरकारसँग राख्दै आएको छ’, सभामुख शाहीले भने ।

सभामुख शाहीले एमालेले आगामी आर्थिक वर्ष २०७९-८० को बजेटको किताब तथ्यगतरूपमा ल्याउनुपर्ने, मुख्यमन्त्री रोजगार कार्यक्रमको कार्यविधि सच्याउनुपर्ने र बजेटमा समेटिएका सुदूरपश्चिमका तीन जिल्ला कर्णालीको बजेटमा हटाउनुपर्ने अडान कायमै राखेको बताए । भोलि बिहान ८ बजे सत्ता गठबन्धन दलका प्रमुख र प्रतिपक्षी दलहरूको निर्णायक बैठकबाट सहमति जुटाएर दिउँसो १ बजे सदन चलाउने तयारी छ ।

प्रकाशित मिति : २२ असार २०७९, बुधबार  ८ : ५८ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।