थपियो पिपुल्स पावरको आईपीओमा आवेदन दिने समय « Khabarhub

थपियो पिपुल्स पावरको आईपीओमा आवेदन दिने समय


२२ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पिपुल्स पावर कम्पनीको आईपीओमा आवेदन दिन म्याद थप भएको छ । पहिलो चरणको निर्धारित समयमा बिक्री नभएपछि समय थपेर साउन ५ गतेसम्म पुर्‍याइएको हो । कम्पनीले असार ८ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले ६ लाख ३२ हजार ६ सय कित्ता साधारण सेयर स्थानीयलाई बिक्री गरेको हो ।

जसमध्ये अति प्रभावित क्षेत्र इलाम जिल्लाको इलाम नगरपालिका-१ र ४ का बासिन्दालाई १ लाख ८९ हजार ७८० कित्ता र यी बाहेक इलाम जिल्लाका बासिन्दाका लागि ४ लाख ४२ हजार ८२० कित्ता आईपीओ जारी गरेको हो । इच्छुक खरिदकर्ताहरुले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

आईपीओका लागि लगानीकर्ताले नेपाल बंगलादेश बैंक र ग्लोबल आइएमई बैंकको फिक्कल शाखा, प्रभु बैंकको सन्दुकपुर शाख र प्राइम कमर्सियल बैंकको राँके शाखाबाट आवेदन दिन सक्नेछन् । यसबहेक सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्थामार्फत उक्त आईपीओमा आवेदन दिन सक्नेछन् । यसमा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटल लिमिटेडले गरेको छ ।

प्रकाशित मिति : २२ असार २०७९, बुधबार  १० : ०२ बजे

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको

युक्रेनमाथि रुसी आक्रमण, कम्तीमा १२ जनाको मृत्यु

काठमाडौं । रुसी मिसाइल र ड्रोन आक्रमणका कारण युक्रेनमा तीनजना

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण