काठमाडौँ उपत्यकामा पछिल्लो एक दिनमा २३ सय सवारी चालकमाथि कारबाही « Khabarhub

काठमाडौँ उपत्यकामा पछिल्लो एक दिनमा २३ सय सवारी चालकमाथि कारबाही


२२ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा एकै दिन २ हजार ३८१ जना सवारी चालकलाई कारबाही गरेको छ ।

उपत्यकाको विभिन्न स्थानमा ट्राफिक नियम उल्लङ्घन गरेका कारण उनीहरूलाई कारबाही गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

कारबाहीमा पर्नेमा फुटपाथमा पार्किङ गर्ने १२३ जना, लेन उल्लंघन गर्ने १३६ जना, मदिरा पिएर सवारी साधन चलाउने १२३ जना, जथाभाबी यात्रु चढाउने तथा ओराल्ने ६५ जना, तीव्र गतिमा सवारी साधन चलाउने ६४ जना, ढोका खुल्लै राखेर सवारी चलाउने ७७ जना रहेका छन् ।

रातो बत्तीको उल्लङ्घन गर्ने ४८ जना, अवस्था ठिक नभएका सवारी साधन चलाउने २० जना र क्षमता भन्दा बढी यात्रु राख्ने ३१ जना चालकलाई पनि कारबाही गरिएको कार्यालयले जनाएको छ ।

रेड लाइट, लेन र मदिरा सेवनको कार बाईँमा परेका ३४४ जना चालकलाई ट्राफिक प्रहरीले हिजो काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा सचेतना कक्षामा सहभागी गराएको छ ।

प्रकाशित मिति : २२ असार २०७९, बुधबार  १० : ५० बजे

भोटेकोशी बाढी : मधेसका १५ जना परिवारको सम्पर्कमा

जनकपुरधाम– रसुवाको भोटेकोशी नदी आएको बाढीपछि हराइरहेका मधेस प्रदेशका १२७

भोटेकोशी बाढीमा ५३८ जनाको शव बरामद, ३३ देशका ५११ विदेशी अझै बेपत्ता

काठमाडौं– रसुवाको भोटेकोशी नदी क्षेत्रमा गत बुधबार आएको विनाशकारी बाढीमा

मेलम्चीका बाढी प्रभावितले गरे एक लाख सहयोग

सिन्धुपाल्चोक– रसुवाको भोटेकोशीमा बुधबार गएको बाढीका कारण प्रभावितको राहत तथा

चीनले भन्यो : बुधबारको विनाशकारी बाढी नेपालतर्फ हिमालमा झरेको पहिरोबाट

काठमाडौं- नेपालको उत्तरी सीमावर्ती क्षेत्रमा बुधबार आएको विनाशकारी बाढीपहिरोको कारणबारे