राष्ट्रपति रनिङ शिल्डको प्रथम उपाधि गोरखा नगरपालिकालाई  | Khabarhub Khabarhub

राष्ट्रपति रनिङ शिल्डको प्रथम उपाधि गोरखा नगरपालिकालाई 


२२ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गोरखा – राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा गोरखा नगरपालिका पहिलो भएको छ । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा २१ स्वर्ण, १८ रजत र ३१ कास्यसहित ७० पदक जित्दै गोनपा पहिलो भएको हो ।

गण्डकी गाउँपालिका दोस्रो भएको छ । ९ स्वर्ण, ११ रजत र १२ कास्य गरी ३२ वटा पदक जितेको गण्डकी दोस्रो भएको जिल्ला खेलकुद विकास समिति गोरखाले जनाएको छ । ७ स्वर्ण, ११ रजत र १२ कास्यसहित ३० पदक जितेको बारपाक सुलिकोट गाउँपालिका तेस्रो भएको छ । यसैगरी धार्चे गाउँपालिकाले ३ स्वर्ण, २ रजत र ८ कास्य गरी १३ पदक जितेको छ । सिरानचोक, सहिद लखन र आरुघाट गाउँपालिकाले बर्खाका कारण तयारी नपुगेको भन्दै प्रतियोगितामा सहभागिता जनाएनन् ।

प्रतियोगिताको एक कार्यक्रमकाबीच प्रमुख जिल्ला अधिकारी शंकरहरि आर्चायले समापन गरेका हुन । खेलकुद विकास समितिका अध्यक्ष शान्तसिंह बस्नेतको अध्यक्षतामा भएको समापन कार्यक्रममा विजेता खेलाडीहरूलाई पदक तथा प्रमाणपत्र पनि वितरण गरिएको थियो । प्रतियोगितामा विजेता भएका ७७ जना खेलाडीहरूले गण्डकी प्रदेशस्तरीय प्रतियोगिता खेल्न पोखरा जाने भएका छन् ।

२३ र २४ प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता गर्ने तयारी छ । ‘कोरोनाका कारण दुई वर्षसम्म प्रतियोगिता गर्न सकिएन,’ जिल्ला अध्यक्ष बस्नेतले भने,‘छोटो तयारीका बाबजुद पनि हामीले बर्खाका बेलामा भए पनि सफलतापूर्वक प्रतियोगिता गरियो, यो ठूलो उपलब्धि हो ।’ जिल्लाबाट छनौट भएका खेलाडीहरूले प्रदेशमा उत्कृष्ट प्रदर्शन गरी केन्द्रमा समेत पुग्ने उनले आशा व्यक्त गरेका छन् । प्रतियोगितामा एथलेटिक्स, तेक्वान्दो, कबड्डी लगायतका विभिन्न खेल खेलाइएको थियो ।

प्रकाशित मिति : २२ असार २०७९, बुधबार  ११ : २४ बजे

‘आइटी’ क्षेत्रमा पर्याप्त बजेट विनियोजन गर्न आवश्यक छः मन्त्री गुरुङ

काठमाडौं – सञ्चार तथा सूचनाप्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सूचना प्रविधि (आइटी)

‘कोर्ट म्यारिज’ गरेकी नीति शाहको बिहे गर्ने रहर अझै अधुरो !

काठमाडौं – मोडलिङ पृष्ठभूमिकी नायिका नीति शाह गत वैशाख ५

भ्यानलाई बसले ठक्कर दिँदा एकको मृत्यु, आठ घाइते

सर्लाही – पूर्वपश्चिम राजमार्गस्थित सर्लाहीको रानीगञ्जमा आज म्याजिक भ्यानलाई बसले

सत्ताधारी नै निजी विद्यालयका संरक्षक !

काठमाडौं– संघीय संसद्को तल्लो सदन प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा

आजका समाचार : बालेनविरुद्ध फेरी खनिए ओली, नेपाली महिला टोली विश्वकप छनोटमा र रुस-युक्रेन युद्धविराम हुन सक्ने

सिंहदरबारमा बालेनको खोजी, प्रधानमन्त्रीले भने- आउँदैनन् भने अर्को पटकदेखि नाम