नेपालगञ्ज उपमहानगरले ई–रिक्सा व्यवस्थापन गर्दै « Khabarhub

नेपालगञ्ज उपमहानगरले ई–रिक्सा व्यवस्थापन गर्दै


२२ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके- नेपालगञ्ज उपमहानगरपालिकाले नगरक्षेत्रमा सञ्चालित ई–रिक्सालाई व्यवस्थित गर्ने भएको छ । ई–रिक्सा व्यवस्थापनका विषयमा सरोकारवालासँग छलफल गरी यही साउन १५ गतेभित्र सबै ई–रिक्साहरुलाई सूचीकृत गर्ने निर्णय गरिएको नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त बिष्टले बताए ।

उनका अनुसार, नगरमा सञ्चालित ई–रिक्साको रेकर्ड राखेर नियमन गर्ने, जथाभावी गरिने पार्किङलाई व्यवस्थित बनाउने, उचित भाडादर कायम गरी कार्यान्वयन गर्ने, रुट छुट्याउने लगायतका विषयमा छलफल भएको छ ।

नागरिकले दुःख नपाउने गरी ई–रिक्साको उचित व्यवस्थापन गर्न सबै सरोकारवालाहरु गम्भीर बन्नुपर्ने बताउँदै नगर प्रमुख बिष्टले नेपालगञ्ज उपमहानगरपालिका एक्लैले ई–रिक्सा व्यवस्थापन गर्न सम्भव नभएकाले यसमा सबै सरोकारवालाहरुको भूमिका आवश्यक रहेको उल्लेख गरे ।

ई–रिक्सा व्यवस्थापन नगरको प्रमुख समस्याका रुपमा रहेकाले यसको उचित व्यवस्थापनका लागि सबैको हातेमालो जरुरी रहेको नगर उपप्रमुख कमरुद्दिन राईले बताए । ई–रिक्सा नगरको ठूलो समस्याका रुपमा रहेकाले निश्चित पार्किङ क्षेत्र तोकेर कतिपय व्यस्त ठाउँमा निश्चित समयका लागि चारपाङ्ग्रे र तीनपाङ्ग्रे साधनलाई निषेध वा एकतर्फी सञ्चालन गर्नुपर्ने प्रस्ताव पेस गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक हिमालय शाहले बताए ।

उनले ट्राफिक व्यवस्थापनका लागि उपमहानगरपालिकसमक्ष लिखित प्रस्तावसमेत पेस गरे। अव्यवस्थित ई–रिक्साकाका कारण नेपालगञ्जमा ट्राफिक जाम हुनाका साथै सडक दुर्घटनासमेत बढ्दै गएको ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक शाहले बताए।

प्रकाशित मिति : २२ असार २०७९, बुधबार  १२ : २२ बजे

मधेस प्रदेश जनस्वास्थ्य प्रयोगशाला पूर्ण क्षमतामा सञ्चालन

जनकपुरधाम– मधेस प्रदेश जनस्वास्थ्य प्रयोगशालाले पूर्ण क्षमतामा सेवा सञ्चालन गरेसँगै

‘रेड नोटिस’ जारी भएका राई कतारबाट पक्राउ

काठमाडौँ– जबर्जस्ती करणी मुद्दामा ‘इन्टरपोल’बाट ‘रेड नोटिस’ जारी भएका ३२

बजारका सफल तीन ब्यानर : सीमित कलाकारकै वरिपरी

काठमाडौँ- पछिल्लो दशक नेपाली फिल्मको व्यापारको ग्राफ उकालो नै लागेको

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको बैठक

देशभर मनसुनी वायुको प्रभाव, केही स्थानमा ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल