चितवनमा रोजगार मेला आजदेखि « Khabarhub

चितवनमा रोजगार मेला आजदेखि


२२ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- जिल्लामा आज रोजगार मेला सुरु हुने भएको छ । भरतपुर नगरपालिका र रत्ननगर नगरपालिकाको आयोजनामा चितवन प्रदर्शनी केन्द्रमा मेला हुन लागेको हो । युवालाई स्वदेशमै रोजगारी उपलब्ध गराउने नेपाल सरकारको नीतिअनुसार वृत्ति मार्गनिर्देशन तथा रोजगार मेला २०७९ गर्न लागिएको हो ।

भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबन्धु सुवेदीका अनुसार यस्तो मेला स्थानीय सरकारले पहिलोपटक गर्न लागेको हो । जिल्लामा हुने विकास निर्माणका काममा आवश्यक कामदार अहिले पनि भारतबाट ल्याउनुपर्ने बाध्यता रहेकाले यसको अन्त्य गर्न रोजगार मेला गर्न लागिएको सुवेदीले जानकारी दिए । सुवेदीले निजी क्षेत्र र विज्ञसँगको छलफलपछि मेला आयोजना गर्न लागिएको प्रष्ट पारेका छन् ।

विभिन्न सङ्घसंस्था, कम्पनी तथा उद्योगमा आवश्यक रोजगारीका बारेमा मेलामा जानकारी दिइने छ । रोजगारका लागि आवश्यक सीप र योग्यता भएका व्यक्तिलाई रोजगारदाताबाट मेलामा नै नियुक्ति दिइने छ । जिल्लाका साथै देश–विदेशमा उपलब्ध विभिन्न रोजगारीका अवसरमा जानकारी गराइने सुवेदीले बताए। विद्यार्थी तथा बेरोजगार युवालाई श्रमबजारको माग र आवश्यकताका आधारमा वृत्ति परामर्श सेवा प्रदान गरिने उनको भनाइ छ । तालिम प्रदायक संस्थाले प्रदान गर्ने सीपमूलक तालिम र अवसरका बारेमा सो अवसरमा जानकारी गराइने छ ।

चितवन पोल्ट्री, दूध, माछा, केरालगायतका कृषि उत्पादनमा आत्मनिर्भर छ । त्यस्तै होटल, विभिन्न उद्योगमा ठूलो सङ्ख्यामा कामदारको माग भए पनि भारतलगायत तेस्रो मुलुकबाट कामदार ल्याउनुपर्ने बाध्यता छ । मेलाले रोजगारदाता र रोजगारी गर्न इच्छुक व्यक्तिहरुको दूरी नजिक बनाउने अपेक्षा गरिएको छ । मेलामा ६० वटा स्टल रहने छन् । दुई दिनसम्म चल्ने मेलामा १० हजार हाराहारीले अवलोकन गर्ने र दुई सय जनाले मेलाकै समयमा रोजगारी पाउने अपेक्षा समेत सुवेदीले गरे।

वैदेशिक रोजगारीमा जान चाहनेलाई सीपमूलक तालिम दिने, पालिकामा हुने विकास निर्माणमा जनशक्ति उत्पादन गरी मौसमी रोजगारी दिने तथा विभिन्न सङ्घसंस्थामा आवश्यक पर्ने कामदारको मागलाई पूरा गर्न मेलाले महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ । मेलामा रोजगारदाता र रोजगारी गर्न इच्छुकको तथ्याङ्क सङ्कलन गरिने छ ।

मेला हेल्भिटासको प्राविधिक सहयोगमा हुन लागेको हो । यसमा उद्योग वाणिज्य सङ्घ चितवन, चितवन उद्योग सङ्घ, चितवन च्याम्बर अफ कमर्स, रत्ननगर उद्योग वाणिज्य सङ्घ, होटल व्यवसायी महासङ्घ नेपाल, क्षेत्रीय होटल सङ्घ नेपाल, रेष्टुरेन्ट एण्ड बार एशोसिएशन नेपाल, नेपाल पोल्ट्री महासङ्घको सहकार्य रहेको छ ।

प्रकाशित मिति : २२ असार २०७९, बुधबार  १२ : ०७ बजे

दक्षिणकालीमा कार पल्टिँदा चालकको मृत्यु

काठमाडौं – काठमाडौं दक्षिणकाली नगरपालिका(८ चुत्राघारी पानीघाटस्थित सडकमा आज एउटा

जेनजी आन्दोलनका क्रममा फरार एक जना कैदी पक्राउ

बैतडी – गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार

शंकरको प्रेमको जीतमा अश्विनी र आर्यनको अभिनय

काठमाडौँ- गायक शंकर श्रेष्ठ, विषम आचार्य र गायिका अविज्ञा घिमिरेको

आइतबार पनि ओपीडी सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ कार्यविधि तयार नभएसम्म उपलब्ध

गृहमन्त्री गुरुङद्वारा निर्माणाधीन राजमार्गको स्थलगत अवलोकन

लुम्बिनी – गृहमन्त्री सुधन गुरुङले पूर्वपश्चिम राजमार्गअन्तर्गत निर्माणाधीन बुटवल(गैँडाकोट राजमार्गको