कनका सुन्दरी गाउँपालिकाका सबै सेवा एकै भवनबाट दिन सुरु  « Khabarhub

कनका सुन्दरी गाउँपालिकाका सबै सेवा एकै भवनबाट दिन सुरु 


२२ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला– कनका सुन्दरी गाउँपालिकाले एकै भवनबाट सबै सेवा दिन थालेको छ ।  भवन अभावमा यसअघि विषयगत शाखा विभिन्न ठाउँमा राखिए पनि अब एकै स्थानबाट सेवा प्रवाह हुन थालेको हो ।

विषयगत शाखा छरिदा नागरिकलाई सेवा प्रवाहमा असहज भएको कनका सुन्दरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तीर्थबहादुर कठायतले बताए । उनले भने, ‘यसले गर्दा नागरिकलाई सेवा लिन झन्झट र पालिकालाई समेत मंहगो पर्दै आएको थियो । उनका अनुसार यही कारण पालिकाले एउटै भवन भाडामा लिएर सबै  विषयगत शाखा एकै भवन बाट सञ्चालन गरेको हो ।

नागरिकलाई सन्तुष्ट गराउन एकै थलोबाट सेवा दिन थालेको गाउँपालिकाका अध्यक्ष दामोदरप्रसाद आचार्यले बताए । अब पालिकाले आफ्नै भवन समेत बनाउनतर्फ लाग्ने उनले बताए । ०७४ सालमा निर्वाचित स्थानीय सरकारहरूको पाँच वर्षे कार्यकाल सकिँदा समेत  सेवाप्रवाह एकीकृत तवरबाट भएको थिएन ।

प्रकाशित मिति : २२ असार २०७९, बुधबार  १ : ३१ बजे

लुका मोड्रिचको २०० औं खेलमा क्रोएसिया विजयी, पानामा विश्वकपबाट बाहिरियो

टोरन्टो – पानामालाई १–० को झिनो अन्तरले पराजित गर्दै पूर्व

खेल सकिएपछि रोनाल्डोले क्यामराअघि चिच्याएर भने “म फर्किएँ !”

काठमाडौँ – आलोचना र दबाबका बीच क्रिस्टियानो रोनाल्डोले सानदार पुनरागमन

मनसुनी वायु फैलिँदै, केही भूभागमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

विश्वकप फाइनलमा अमेरिकी राष्ट्रपति ट्रम्प मुख्य आकर्षण बन्ने

न्यू जर्सी – विश्वकप फुटबलको फाइनल खेलको ट्रफी हस्तान्तरण समारोहमा

घानाविरुद्ध गोल गर्न चुक्यो इङ्ल्याण्ड : खेल बराबरीमा सकियो

काठमाडौँ – फिफा विश्वकप प्रतियोगिताअन्तर्गत भएको खेलमा इङ्ल्याण्ड र घानाले