अर्थमन्त्रीलाई प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्छ : योगेश भट्टराई « Khabarhub

अर्थमन्त्रीलाई प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्छ : योगेश भट्टराई


२२ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

 

काठमाडौँ– नेकपा एमालेका सचिव योगेश भट्टराईले अर्थमन्त्रीले राजीनामा गर्नुपर्ने वा प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्ने एमालेको बटमलाइन भएको बताएका छन् ।

बुधबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै भट्टराईले बजेट निर्माण गर्दा बाह्य व्यक्ति प्रवेश गराएर राष्ट्रघाती काम गरिएको भन्दै अर्थमन्त्री पदमा रहिरहन नमिल्ने समेत बताए । उनले सरकारी डकुमेन्ट गायब बनाएको र सीसीटीभि फुटेज समेत मेटाइएकाले अर्थमन्त्रीको नियत खराब देखिएको तर्क गरे । उक्त घटनाका विषयमा संसदीय छानविन समिति गठन गर्नुपर्ने आफूहरूको अर्को माग गरेको उनको भनाई छ । उनले छानविन समिति गठन भएपनि अर्थमन्त्री पदमा बस्न नमिल्ने धारणा राखे । 

त्यस्तै उनले सीसीटीभि फुटेजलाई मेटाउने अर्थमन्त्रालयका अन्य व्यक्तिलाई पनि कारवाहीको दायरामा ल्याउनुपर्ने बताए ।

प्रकाशित मिति : २२ असार २०७९, बुधबार  २ : ५३ बजे

एमालेमा टिकट वितरणपछि असन्तोष, योगेश भट्टराईको गम्भीर आपत्ति

काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले फागुन २१

ओलीको तालमेल रणनीति : प्रचण्ड र राप्रपासँग बार्गेनिङका लागि रुकुमपूर्व र झापा–३ खाली राखे

काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी प्रतिनिधिसभा

विष्णु पौडेलले छाडे रुपेन्देही–२, पाल्पाबाट निर्वाचन लड्ने

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल पाल्पा–२ बाट चुनाव

ओखलढुंगामा यज्ञराज रोकेर अस्मितालाई दिए ओलीले टिकट

काठमाडौं – अनेरास्ववियुबाट राजनीति थालेकी ओखलढुंगाको लिखु गाउँपालिकाकी उपाध्यक्ष अस्मिता

यी हुन् एमालेबाट प्रतिनिधि सभाका उम्मेदवार

काठमाडौं– नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनका लागि देशभरका उम्मेदवार टुंगो लगाएको