एनसेलको सामाजिक पहलअन्तर्गत रिङरोड ग्रीन बेल्टको उद्घाटन | Khabarhub Khabarhub

एनसेलको सामाजिक पहलअन्तर्गत रिङरोड ग्रीन बेल्टको उद्घाटन


२२ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एनसेल आजियाटा लिमिटेडले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी अन्तर्गत कोटेश्वर देखि कलंकी सडक खण्डको ग्रीन बेल्ट क्षेत्रमा हरियाली निर्माण तथा संरक्षण गर्दै आएको रिङरोड ग्रीन बेल्टको मंगलबार उद्घाटन गरिएको छ । एनसेलले वन तथा भूसंरक्षण विभागसँगको सहकार्यमा रिङरोडको कोटेश्वर देखि कलंकी सडक खण्डमा हरियाली विकास, निमार्ण तथा संरक्षण गर्दै आएको छ । 

ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन, वन तथा भूसंरक्षण विभागका महानिर्देशक डा. राजेन्द्र के.सी र एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङ्ले संयुक्त रुपमा एक कार्यक्रममाझ मंगलबार उक्त ग्रीन बेल्ट उद्घाटन गरेका छन् । एनसेलले यस सामाजिक पहल अन्तर्गत कोटेश्वर देखि कलंकी सडक खण्डको ग्रीन बेल्ट क्षेत्रमा ल्यान्डस्केपिङ सहित हरियाली निर्माणको सकाएर हाल यस क्षेत्रको संरक्षणको काम गरिरहेको छ ।

यो परियोजना हरियाली विकासको एक उदाहरणीय काम बनेको छ र यसले रिङरोड सडक खण्डमा सफा र हरियालीलाई प्रवर्द्धन गरेको छ । यस कार्यक्रम अन्तर्गत रहि एनसेलले ल्यान्डस्केपिङ सहित हरियाली निर्माण र संरक्षण बाहेक कोटेश्वर देखि कलंकी सडक खण्डमा वृक्षरोपणमा पनि योगदान पुर्‍याएको छ । यस किसिमको हरियाली विकास तथा संरक्षणले वातावरण संरक्षणमा योगदान पुर्‍याउनुका साथै समुदाय र जनमानसका लागि स्वस्थ वातावरण निर्माणमा योगदान पुर्‍याउने भएकोले एनसेलले सन् २०२४ सम्म यस ग्रीन बेल्टको संरक्षण गर्ने छ ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङ्ले भने, ‘दीगो विकास लक्ष्यसँग जोडिएको सरकारको वातावरण सम्बन्धी लक्ष्य र हाम्रो आजियाटा समूहको नेट जिरो कार्बनको आकांक्षाअनुरूप समुदाय र जनमानसका लागि स्वस्थ वातावरण निर्माणमा योगदान गर्न पाउँदा हामी खुसी छौं । हामी वन तथा भूसंरक्षण विभाग, ललितपुर महानगरपालिका, काठमाडौं महानगरपालिका, सम्बन्धित वडाहरू र अन्य सरोकारवालाप्रति आभारी छौं । यो परियोजना सार्वजनिक-निजी साझेदारीको उत्कृष्ट उदाहरण हो र यसले हामी कसरी यस्ता परियोजनाहरू सामूहिक रूपमा साकार पार्न सक्छौँ भनी प्रष्टाएको छ ।’

वन तथा भूसंरक्षण विभागका महानिर्देशक डा. राजेन्द्र केसीले भने, ‘यस क्षेत्रका ९० प्रतिशत बोटबिरुवालाई जीवितै राख्ने हाम्रो प्रतिबद्धता रहेको थियो । केही प्रतिस्थापन गरेर शतप्रतिशत बोटबिरुवा जीवित राख्न सक्नु ठूलो उपलब्धि हो । रिङरोडको ग्रीन बेल्ट क्षेत्रमा ल्यान्डस्केपिङ, हरियाली प्रवर्द्धनसौन्दर्यीकरणमा निजी र सार्वजनिक सहकार्यको उत्तम उदाहरण प्रस्तुत गरेकोमा हामी एनसेललाई धन्यवाद दिन चाहन्छौँ । भविष्यमा यस्ता सहकार्यका लागि अन्य धेरै क्षेत्रहरू छन् ।’

यस परियोजनाको बारेमा आफ्नो उत्साह साट्दै ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले भने, ‘हामीले सम्पन्न गरेका सुन्दर परियोजनामध्ये यो एउटा हो त्यसैले म ललितपुर महानगरपालिकाको तर्फबाट एनसेललाई धन्यवाद दिन चाहन्छु । ललितपुरलाई स्मार्ट सिटीमा परिणत गर्ने हाम्रो भिजनअन्तर्गत चारवटा रुटमा स्मार्ट स्ट्रिट लाइट जडान गर्ने कार्य सम्पन्न गरी शहरमा १४०० वटा बत्ती जडान गर्ने काम गरिरहेका छौं । अर्को चरण भनेको भक्तपुरभित्र पर्ने रिङरोडको ७.९ किलोमिटर क्षेत्रमा स्मार्ट बत्ती जडान गर्ने हो । ‘

एक जिम्मेवार कर्पोरेट नागरिकको रुपमा एनसेलले दिगो विकासका लक्ष्य (एसडीजी) अन्तर्गत शिक्षा तथा स्वास्थ्यका साथसाथै वातावरण संरक्षण तथा जलवायु (क्लाइमेट एक्सन) अन्तर्गतका पहलहरुलाई पनि प्राथमिकतामा राख्दै सामाजिक कार्यहरू गर्दै आएको छ । औद्योगिक व्यावसायिक नियमावलीले पनि व्यावसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत वातावरण संरक्षणलाई एक प्रमुख क्षेत्रको रुपमा राखेको छ । 

एनसेलले आफ्नो सामाजिक पहल अन्तर्गत स्थापनाकालदेखि स्वास्थ्य, शिक्षा, वातावरण, प्रकोप रोकथाम तथा प्रतिकार्य र जीविकोपार्जनमा सहयोगलगायतको क्षेत्रमा १.६५ अर्ब रुपैयाँभन्दा बढीको योगदान गर्दै सामाजिक तथा आर्थिक विकासमा सहयोग पुर्‍याएको छ । स्वास्थ्य, शिक्षा र वातावरण क्षेत्र सधैँ एनसेलको प्राथमिकतामा छन् ।

प्रकाशित मिति : २२ असार २०७९, बुधबार  ३ : ४३ बजे

प्रचण्डले बोलाए सर्वदलीय बैठक

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका

क्यानडाले नेपाललाई दियो १२४ रनको लक्ष्य

काठमाडौं – क्यानडाले नेपाललाई १२४ रनको लक्ष्य दिएको छ ।

कार्यवाहक प्रधानमन्त्री सिंहले बोलाए सर्वदलीय बैठक

काठमाडौं – कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले सर्वदलीय बैठक बोलाएका छन्

उद्धार कार्यमा खटिन रास्वपाद्वारा पार्टी सदस्यहरुलाई निर्देशन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जोखिमपूर्ण अवस्थामा रहेका नागरिकको

आइतबार बिहानैदेखि मौसममा सुधार हुने

काठमाडौं – जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले