चीनमा महिलामाथि निर्घात कुटपिट, भिडियो भाइरल « Khabarhub

चीनमा महिलामाथि निर्घात कुटपिट, भिडियो भाइरल


२२ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चीनमा महिलाहरु निर्घात कुटिएको भिडियो भाइरल भएको छ । चीनमा एक रेस्टुरेन्टमा महिलाहरु कुटिएको भिडियो चिनियाँ सामाजिक सञ्जालमा भाइरल भएको हो ।

चीनको टाङशान शहरमा रहेको एक रेस्टुरेन्टमा यस घटना भएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ । भिडियोमा रेस्टुरेन्टमा सँगै बसिरहेका तीन जना महिलाको सामुन्ने आएर एकजना पुरुषले एकजना महिलामाथि थप्पड हानेको देख्न सकिन्छ ।

त्यसपछि आसपास रहेका केही मानिसहरुले ती महिलामाथि निर्घात कुटपिट गरेको भिडियोमा देखाइएको छ ।

घटनामा दुई महिला घाइते भएर अस्पताल भर्ना गरिएको बताइएको छ । महिलामाथि कुटपिट भएको भिडियो भाइरल भएसँगै चीनमा यस घटनालाई लिएर तीव्र आक्रोश उत्पन्न भएको छ ।

अमेरिकी अखबार न्यु योर्क टाइम्समा लेख्दै भिभियन वाङ्ले यस घटनाले चीनमा महिला अधिकारप्रति चासो बढाएको जनाएका छन् ।

प्रकाशित मिति : २२ असार २०७९, बुधबार  १२ : ५९ बजे

ब्रिक्स सम्मेलनमा सी : मध्यपूर्वको युद्ध विश्वको हितमा छैन

काठमाडौं- भारतको राजधानी नयाँ दिल्लीस्थित भारत मण्डपममा ब्रिक्सको १८ औँ

भोटेकोशी बाढी : शव पहिचानमा प्रहरीका तीन उपाय

काठमाडौं– भोटेकोशी बाढीमा मृत्यु भएका व्यक्तिको शव पहिचानका लागि संकलित

भूकम्पपछि लोमान्थाङमा स्थानीय र विद्यार्थी त्रिपालमुनिको बाँस

मुस्ताङ– यही भदौ २३ गते रातिको भूकम्पछि उपल्लो मुस्ताङको लोमान्थाङ

जोखिम पहिचान, पूर्वसूचना, सुरक्षित निर्माण र पूर्वतयारीलाई प्राथमिकता

बनेपा– काभ्रेपलाञ्चोकले विपद्पछि उद्धार र राहतमा केन्द्रित हुने अभ्यास परिवर्तन