कर्णाली प्रदेशसभाको बैठक बिहीबार बस्दै | Khabarhub Khabarhub

कर्णाली प्रदेशसभाको बैठक बिहीबार बस्दै


२२ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरेन्द्रनगर- कर्णाली प्रदेशसभाको बैठक बिहीबार बस्ने भएको छ । लामो समयदेखि अवरुद्ध प्रदेशसभाको बैठक भोलि बस्न लागेको हो । प्रदेशसभाको बैठक असार १२ गतेदेखि बस्न सकेको थिएन । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले असार १२ गते बसेको कर्णाली प्रदेशसभाको दशौँ अधिवेशनको १८ औँ प्रदेशसभा बैठक अवरोध गरेयता सदन स्थगित हुँदै आएको छ ।

आगामी आव २०७९/८० को बजेटमा असन्तुष्टि जनाएको एमालेले सत्तापक्षसँग यसअघि भएको सहमति कार्यान्वयन नभएको भन्दै विरोध जनाएको छ । प्रतिपक्षी दलले यसअघि भएको सातबुँदे माग अघि सारेको छ । उक्त सातबुँदे माग पूरा नगरेको भन्दै प्रदेशसभा बैठक अवरुद्ध गर्दै आएको छ । सभामुख राजबहादुर शाहीले बैठक सञ्चालनका लागि सत्ता साझेदार दलका नेता र प्रतिपक्षी दलबीच पटक–पटक बैठक बसाउँदा पनि सहमति जुट्न सकेको थिएन ।

सभामुख राजबहादुर शाहीले भोलि बिहान सर्वदलीय बैठक बस्ने र दिउँसो १ बजे प्रदेशसभाको बैठक बोलाइएको जानकारी दिए । ‘भोलि दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ उक्त बैठक बस्नुअघि सर्वदलीय बैठक बस्छ’, सभामुख शाहीले भने ।

प्रकाशित मिति : २२ असार २०७९, बुधबार  ५ : ५७ बजे

रेमिट्यान्स आप्रवाहमा वृद्धि, ९ महिनामा आयो १० खर्ब ८२ अर्ब

काठमाडौं– चालु आर्थिक वर्ष (आव)को ९ महिना अवधिमा १०८२ अर्ब

संसदमा कांग्रेसले जारी राखेको अवरोध र पार्टीको आन्तरिक गतिविधिबारे शेखर र गगनबीच छलफल

काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइराला र महामन्त्री

खबरसँगै रैथाने परिकार पस्किँदै पत्रकार

काठमाडौं- नेपालमा यतिबेला पत्रकारिता पेसा संकटमा छ । कतिपय मिडिया

किसानलाई मौरीसहितको घार अनुदान

तनहुँ– तनहुँको बन्दीपुर गाउँपालिका वडा–५ ले वडाका ९२ जना किसानलाई

नर्सहरूको सेवा सुविधामा सुधार गर्ने प्रधानमन्त्रीको प्रतिवद्धता

काठमाडौं– प्रधानन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नर्सहरूको सेवा–सुविधामा एकरूपता ल्याउन सरकारले