अफगानिस्तानका विद्यालय अझै खुलेनन् « Khabarhub

अफगानिस्तानका विद्यालय अझै खुलेनन्


२२ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अफगानिस्तानमा शैक्षिक सत्र सुरु भएको झण्डै चार महिना बितिसक्दा पनि मुलुकको पूर्वमा रहेको बडाखशान प्रान्तको पामिर क्षेत्रका विद्यालय खुल्न सकेका छैनन् ।

गत वर्षको अगस्ट महिनामा अफगानिस्तानको शासन कब्जामा लिएपछि तालिबानले शिक्षामा ध्यान नदिएको भन्दै आलोचना भइरहेका बेला शैक्षिक सत्र सुरु भएको झण्डै चार महिना बितिसक्दा पनि पामिर क्षेत्रमा विद्यालय खुल्न नसकेका हुन् ।

‘संसारको छानो’ भनेर चिनिने सो क्षेत्रका विद्यार्थीहरुले भने तत्काल विद्यालय खोल्न सरकारसँग माग गरेका छन् ।

अफगानिस्तानबाट प्रसारण हुने टोलो न्युज च्यानलका अनुसार सो क्षेत्रमा शैक्षिक सामग्रीको पनि चरम अभाव देखा परेको छ । यससँगै विद्यार्थीहरुले विद्यालय खोल्न र शैक्षिक सामग्री उपलब्ध गराउन माग गरेका हुन् ।

‘विद्यालय खोल्न हामी सरकारसमक्ष आग्रह गर्दछौँ ता कि हामी पनि अरुजस्तै साक्षार बन्न सकौँ ।’ सो क्षेत्रका एकजना विद्यार्थी इब्राहिमले टोलो न्युजलाई भने ।

प्रकाशित मिति : २२ असार २०७९, बुधबार  ६ : ०३ बजे

विपद्को सुरुवाती चरणमै प्रभावकारी व्यवस्थापन हुन नसक्दा मानवीय क्षति बढ्यो : कुलमान घिसिङ

ललितपुर – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सरकारले विपद्को

संविधानको रक्षार्थ परिवर्तनकारी शक्ति एक हुनुको विकल्प छैन : नेपाल

वीरगञ्ज (पर्सा)- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले

मन्त्री पुनको फेसबुक स्टाटसमा जेन-जीहरुको कमेन्ट : ‘लाचार अभियन्ता !’

काठमाडौं- सामाजिक सञ्जालमा विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनको पोस्टलाई

युक्रेन र मध्यपूर्व युद्धबीच भारतमा ब्रिक्स नेताहरूको बैठक

नयाँदिल्ली– उदीयमान तथा विकासोन्मुख राष्ट्रहरूको विश्वव्यापी एजेन्डा निर्माणमा थप प्रभावकारी

इन्द्रजात्राको साइत : आइतबार इन्द्रध्वजाको लिङ्गो उठाउन रूख काटिने

काठमाडौं– नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको इन्द्रजात्राका साइत