भारतको केन्द्रीय सरकारका दुई मन्त्रीद्वारा पदबाट राजीनामा « Khabarhub

भारतको केन्द्रीय सरकारका दुई मन्त्रीद्वारा पदबाट राजीनामा


२२ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतको केन्द्रीय सरकारका दुई मन्त्रीले बुधबार पदबाट राजीनामा दिएका छन् । प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको मन्त्रीपरिषद्का सदस्यद्वय मुख्तर अब्बास नाक्भी र आरसीपी सिंहले राजीनामा दिएका हुन् ।

उनीहरू दुबै जना राज्य सभा सदस्य रहेका थिए । उनीहरुको राज्य सभा सदस्यको कार्यकाल बिहीबारदेखि सकिने भएकाले एक दिन अगाडि नै मन्त्री पदबाट राजीनामा दिएका हुन् ।

मन्त्री भएकै बेला संसद सदस्यको म्याद सकिएर मन्त्री पद छोड्नु परेको यो पहिलो पटक हो । उनीहरु फेरि निर्वाचित हुनुअघि छ महिनासम्म मन्त्री हुन पाउने व्यवस्था छ । उनीहरूलाई फेरि मन्त्रीको रूपमा सपथ खुवाइने सम्भावना पनि रहेको बताइएको छ ।

हालै भएको राज्य सभा निर्वाचनबाट धेरै नेता निर्वाचित भएर आएका छन् । भारतको उत्तर प्रदेश, महाराष्ट्र, मध्य प्रदेश र राजस्थानमा राज्य सभा निर्वाचन हालै भएको हो । अहिले भएको निर्वाचनमा नाक्भीलाई भने पार्टीले उम्मेदवार बनाएको थिएन ।

जेडीयू गठबन्धनको तर्फबाट बिहार राज्यबाट निर्वाचित भएका आरसीपी सिंहले सन् २०२१ को जुलाई ७ मा सपथ लिएका थिए ।

प्रकाशित मिति : २२ असार २०७९, बुधबार  ८ : २९ बजे

संविधानको रक्षार्थ परिवर्तनकारी शक्ति एक हुनुको विकल्प छैन : नेपाल

वीरगञ्ज (पर्सा)- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले

मन्त्री पुनको फेसबुक स्टाटसमा जेन-जीहरुको कमेन्ट : ‘लाचार अभियन्ता !’

काठमाडौं- सामाजिक सञ्जालमा विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनको पोस्टलाई

युक्रेन र मध्यपूर्व युद्धबीच भारतमा ब्रिक्स नेताहरूको बैठक

नयाँदिल्ली– उदीयमान तथा विकासोन्मुख राष्ट्रहरूको विश्वव्यापी एजेन्डा निर्माणमा थप प्रभावकारी

इन्द्रजात्राको साइत : आइतबार इन्द्रध्वजाको लिङ्गो उठाउन रूख काटिने

काठमाडौं– नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको इन्द्रजात्राका साइत

युएईमाथि ४४ रनको शानदार जित, नेपाल एसिया कपमा छनोट

काठमाडौं– तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली