पोखरालाई छिट्टै पर्यटकीय राजधानी घोषणा गरिने पर्यटनमन्त्री जीवनराम श्रेष्ठको विश्वास « Khabarhub

पोखरालाई छिट्टै पर्यटकीय राजधानी घोषणा गरिने पर्यटनमन्त्री जीवनराम श्रेष्ठको विश्वास


२२ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पोखरालाई छिट्टै पर्यटकीय राजधानी घोषणा गर्ने विश्वास व्यक्त गरेका छन् ।

मन्त्रालयमा आयोजित एक कार्यक्रममा पोखरामा निर्मित पर्यटकीय बसपार्क पोखरा महानगरपालिकालाई हस्तान्तरण गर्दै उनले पोखरालाई पर्यटकीय राजधानी बनाउन पहल गर्ने बताएका हुन् ।

यसअघि नै पोखरा महानगरपालिकाले पोखरालाई पर्यटकीय राजधानी बनाउने घोषणा गरेको थियो । मन्त्री श्रेष्ठले व्यवस्थित बसपार्क निर्माणले पर्यटन क्षेत्रको विकासमा सहयोग पुग्ने बताए । उनले पर्यटन क्षेत्रको विकासका लागि पूर्वाधार निर्माणलाई सरकारले प्राथमिकतामा राखेको उल्लेख गरे ।

मन्त्री श्रेष्ठले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यलाई पर्यटकीय बसपार्क हस्तान्तरण गरेका हुन् । पर्यटकीय सहर पोखरास्थित राष्ट्र बैंक चोकनजिक पर्यटन विभागले आठ करोड ४५ लाख रुपैयाँ लागतमा पर्यटकीय बसपार्क निर्माण गरेको हो ।

सात हजार ९०० वर्गमिटरमा निर्मित पर्यटकीय बसपार्कमा ४० वटा बस, १० वटा माइक्रोबस र २० वटा ट्याक्सी पार्किङ गर्न सकिने जनाइएको छ ।

प्रकाशित मिति : २२ असार २०७९, बुधबार  ८ : ५६ बजे

जलाएको १० महिनापछि उभियो चुच्चेपाटीको भाटभटेनी (तस्बिरहरू)

काठमाडौं– चुच्चेपाटीस्थित भाटभटेनी सुपरमार्केट पूर्ण रूपमा पुनर्निर्माण सम्पन्न भई आजदेखि

होर्मुज जलमार्ग बन्द हुँदा एक हजार भन्दा बढी मालवाहक जहाजहरू समुन्द्रमै अलपत्र

एजेन्सी– स्ट्रेट अफ होर्मुज जलमार्ग बन्द हुँदा एक हजार २००

पुल बनेपछि आवतजावत सहज

भजनी– कैलालीको टीकापुर नगरपालिका र बर्दियाको गेरुवा गाउँपालिका जोड्ने कर्णाली नदीमा

रास्वपाले अस्वीकार गरिदियो माओवादी युद्धको इतिहास

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले (रास्वपा)ले आफ्नो राजनीतिक दस्ताबेजबाट माओवादी सशस्त्र

नेयमार उपलब्ध भएपछि उत्साहित एन्सेलोट्टीले भने : स्कटल्यान्डको ‘लडाकु’ टोलीसँग सतर्क र तयार छौँ

काठमाडौं- ब्राजिलका मुख्य प्रशिक्षक कार्लो एन्सेलोट्टीले आफ्ना खेलाडीहरूलाई स्कटल्यान्डको उच्चस्तरीय