तुइन चुँडिएर बेपत्ता भएकाको खोजी गर्न गृहमन्त्रीको निर्देशन « Khabarhub

तुइन चुँडिएर बेपत्ता भएकाको खोजी गर्न गृहमन्त्रीको निर्देशन


२२ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गृहमन्त्री बालकृष्ण खाणले दार्चुला जिल्ला ब्यास गाउँपालिका–२ स्थित तुइनमार्फत भारतबाट नेपाल आउने क्रममा नदीमा खसेर बेपत्ता भएका १८ वर्षीय सचिन बुढाथोकीको खोजीकार्य तीव्र बनाउन निर्देशन दिएका छन् ।

गृहमन्त्री खाणले दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय, सशस्त्र प्रहरी बल सुदूरपश्चिम प्रदेश प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक दुर्गाप्रसाद भट्टराई र नेपाल प्रहरीका सुदूरपश्चिम प्रदेश प्रमुख प्रहरी नायब महानिरीक्षक मोहन आचार्यलाई टेलिफोन गरी बेपत्ता बुढाथोकीको खोजी कार्य तीव्र बनाउन निर्देशन दिएका हुन् ।

सशस्त्र प्रहरी नायब महानिरीक्षक भट्टराईले खोजी तीव्र पार्दा अहिलेसम्म फेला पार्न नसकिएको बताए । बिहीबार थप फौज पठाएर खोजी कार्य तीव्र बनाइने उनले जानकारी दिए ।

बुढाथोकी आज दिउँसो ३ः३० बजे भारीसहित भारतबाट नेपाल आउने क्रममा तुइन चुँडिएर नदीमा खसी बेपत्ता भएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।

प्रकाशित मिति : २२ असार २०७९, बुधबार  १० : ३३ बजे

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने