साउदीमा हत्या अभियोगमा थुनामा रहेका ५ नेपाली रिहा  « Khabarhub

साउदीमा हत्या अभियोगमा थुनामा रहेका ५ नेपाली रिहा 



दोहा – साउदी अरबमा एक भारतीय नागरिकको हत्या अभियोगमा थुनामा रहेका ५ नेपाली रिहा भएका छन्।

भारतीय नागरिकको हत्या अभियोगमा ४ वर्षदेखि साउदीको दमामस्थित जेलमा रहेका भक्तपुरका कृष्ण बहादुर गान्सी, धनुषाका रामप्रसाद ठाकुर, सिराहाका वासुदेव ठाकुर, महोत्तरीका ईन्द्रजित मण्डल र इलामका धनबहादुर तामाङ रिहा भएका हुन्।

साउदी अदालतले डेढ वर्षअघि नै निर्दोष साबित गरे पनि अन्य विषय मिलाउन नसक्दा जेल मुक्त हुन सकिरहेका थिएनन् । यी पाँचै जना साउदीको अदालतबाट निर्दोष साबित भई रिहा भएका सामाजिक अभियन्ता सरोज रायले जानकारी दिए।

साउदीको कानुन अनुसार अभियुक्त निर्दोष साबित भएपछि क्षतिपूर्तिको दाबी गर्न सक्ने व्यवस्था छ। सोही व्यवस्थाअनुसार उनीहरूले क्षतिपूर्ति दाबी गर्ने अभियन्ता रायले बताए। साथै उनीहरू कार्यरत कम्पनीमा तलब सुविधा बाँकी रहेकाले त्यसको लागि पनि पहल गर्न उनीहरू अझै केही दिन साउदीमै बस्नुपर्ने भएको छ।

उनीहरूको रिहाइका लागि परिवार र आफन्तले २०७५ चैत्र १५ गते वैदेशिक रोजगार बोर्डमा कानुनी सहायताको लागि निवेदन दिएका थिए।

प्रकाशित मिति : २१ श्रावण २०७९, शनिबार  ६ : ४७ बजे

संसद्को पहिलो बैठक बिहीबार बस्ने, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं – सङ्घीय संसद् अन्तर्गत प्रतिनिधि सभाको पहिलो अधिवेशनको पहिलो

निफमा सहभागी हुन काठमाडौं आइपुगे ‘शोले’का निर्देशक सिप्पी

काठमाडौं – चर्चित बलिउड फिल्म ‘शोले’का निर्देशक रमेश सिप्पी बुधबार

एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी थापालाई

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)को कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष

काठमाडौंबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ

काठमाडौं – काठमाडौंबाट बाहिरिने यात्रुलाई अनावश्यक हैरानी दिने ४८ जना

एमाले युवाहरूले पार्टी कार्यलय अगाडि जलाए महासचिव पोखरेलको पुत्ला

काठमाडौं – नेकपा एमाले निकट युवा नेताहरुले पार्टी महासचिव शंकर